राष्ट्रियसभाबाट सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित « Khabarhub

राष्ट्रियसभाबाट सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभा सांसद दीपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।  

शुक्रबार बसेको चालू अधिवेशनको पहिलो बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो ।

बैठकले स्वर्गीय बोहराको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । बैठकमा स्वर्गीय बोहराको चिरशान्तिको कामना गर्दै मौन धारणसमेत गरिएको थियो । 

बोहरा राप्रपाका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । आठ पटक नेपालको विभिन्न मन्त्री समेत बनिसकेका बोहराको ७४ वर्षको उमेरमा गत चैत्र १९ गते निधन भएको थियो ।

त्यसघि बैठकमा अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनु भएको थियो । राष्ट्रियसभाको अर्को बैठक आइतबार बोलाइएको छ । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ०५ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला