राष्ट्रियसभाबाट सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित « Khabarhub

राष्ट्रियसभाबाट सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभा सांसद दीपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।  

शुक्रबार बसेको चालू अधिवेशनको पहिलो बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो ।

बैठकले स्वर्गीय बोहराको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । बैठकमा स्वर्गीय बोहराको चिरशान्तिको कामना गर्दै मौन धारणसमेत गरिएको थियो । 

बोहरा राप्रपाका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । आठ पटक नेपालको विभिन्न मन्त्री समेत बनिसकेका बोहराको ७४ वर्षको उमेरमा गत चैत्र १९ गते निधन भएको थियो ।

त्यसघि बैठकमा अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनु भएको थियो । राष्ट्रियसभाको अर्को बैठक आइतबार बोलाइएको छ । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ०५ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।