वर्षमान भन्छन्- यो सरकारलाई बिचौलिया र स्वार्थ समूहले चलाएको पुष्टि भइसक्यो « Khabarhub

वर्षमान भन्छन्- यो सरकारलाई बिचौलिया र स्वार्थ समूहले चलाएको पुष्टि भइसक्यो


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उमहासचिव वर्षमान पुनले एकपछि अर्को व्यवहारले नै विचौलिया र स्वार्थ समूहले सरकार चलाएको पुष्टि भइसकेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘१० महिनासम्म सरकारले दलाल, विचौलिया र स्वार्थ समूहको संरक्षण र प्रतिपक्षी दलका नेतासँग प्रतिशोध साँध्नेबाहेक केही गरेको छैन’, उनले भने, ‘धितोपत्र बोर्ड र बीमा प्राधिकरणजस्ता नियामक निकायका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्तिमा गरिरहेको चलखेल घामजत्तिकै छर्लङ्ग छ ।’

अहिलेको सरकार विचौलियाले चलाएको कुराबारे जनताको घर-घरमा बहस हुन थालेको पनि उनले बताए ।

कांग्रेस महामन्त्री गगन थापाले ढिलै भए पनि विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडसम्म पुगेको भनेकामा उनले धन्यवाद दिए ।

गत असार ३१ गते सरकार गठन गर्दा भनिएको संविधान संशोधनमा सिन्कोसमेत नभाँचिएको उनको टिप्पणी थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ३९ बजे

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या

मुस्ताङ– अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित