एमाले सांसद विष्टको आग्रह- सरकार गयो-गयो भनेर निराशा पैदा गर्ने काम नगर्नुस् « Khabarhub

एमाले सांसद विष्टको आग्रह- सरकार गयो-गयो भनेर निराशा पैदा गर्ने काम नगर्नुस्


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले सरकार गयो–गयो भनेर निराशा पैदा गर्ने काम नगर्न आग्रह गरेका छन् । 

उनले साझेदार दलहरूका बीचमा केही असमझदारी भए बसेर समीक्षा गर्न सकिने पनि बताए ।  

‘असहमतिलाई सुधार गर्ने, समीक्षा गर्ने आफ्ना आन्तरिक पद्धतिहरू छन् । त्यही नै समाधान खोजौँ, त्यहीँ नै समीक्षा गरौँ,’ संसद् बैठकलाई पार्टीका तर्फबाट सम्बोधन गर्दै सांसद विष्टले भने, ‘तर, सरकार गयो–गयो अथवा सरकारप्रति असन्तुष्टि व्यक्त गर्ने, निराशा पैदा गर्ने काम कसैले पनि नगरौँ ।’

उनले दुई दलबीचको आपसी समझदारी, सहमतिको आधारमा सरकार अगाडि बढिरहेको र कहीँ, कतै समस्याहरू उत्पन्न भए समाधानका लागि राजनीतिक संयन्त्रहरू रहेको पनि बताए । 

उनले सरकार ढल्नेमा कुनै सत्यता नरहेको पनि जिकिर गरे । ‘ठूला दुई दलसहित बनेको यो सरकार राजनीतिक स्थिरताको लागि हो,’ विष्टले भने, ‘यो सरकार गयो–गयो भनेर जुन प्रकारले निराशा पैदा गर्ने गरी, अस्थिरता पैदा गर्ने गरी प्रयत्न गरिँदै छ । यसमा कुनै सत्यता छैन ।’

सात बुँदे सहमतिको आधारमा गठन भएको सरकार सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने उनले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ४१ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।