एमाले सांसद विष्टको आग्रह- सरकार गयो-गयो भनेर निराशा पैदा गर्ने काम नगर्नुस् « Khabarhub

एमाले सांसद विष्टको आग्रह- सरकार गयो-गयो भनेर निराशा पैदा गर्ने काम नगर्नुस्


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले सरकार गयो–गयो भनेर निराशा पैदा गर्ने काम नगर्न आग्रह गरेका छन् । 

उनले साझेदार दलहरूका बीचमा केही असमझदारी भए बसेर समीक्षा गर्न सकिने पनि बताए ।  

‘असहमतिलाई सुधार गर्ने, समीक्षा गर्ने आफ्ना आन्तरिक पद्धतिहरू छन् । त्यही नै समाधान खोजौँ, त्यहीँ नै समीक्षा गरौँ,’ संसद् बैठकलाई पार्टीका तर्फबाट सम्बोधन गर्दै सांसद विष्टले भने, ‘तर, सरकार गयो–गयो अथवा सरकारप्रति असन्तुष्टि व्यक्त गर्ने, निराशा पैदा गर्ने काम कसैले पनि नगरौँ ।’

उनले दुई दलबीचको आपसी समझदारी, सहमतिको आधारमा सरकार अगाडि बढिरहेको र कहीँ, कतै समस्याहरू उत्पन्न भए समाधानका लागि राजनीतिक संयन्त्रहरू रहेको पनि बताए । 

उनले सरकार ढल्नेमा कुनै सत्यता नरहेको पनि जिकिर गरे । ‘ठूला दुई दलसहित बनेको यो सरकार राजनीतिक स्थिरताको लागि हो,’ विष्टले भने, ‘यो सरकार गयो–गयो भनेर जुन प्रकारले निराशा पैदा गर्ने गरी, अस्थिरता पैदा गर्ने गरी प्रयत्न गरिँदै छ । यसमा कुनै सत्यता छैन ।’

सात बुँदे सहमतिको आधारमा गठन भएको सरकार सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने उनले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ४१ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र