शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला « Khabarhub

शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले शिक्षकका आवाज सरकारले नसुनेकामा गुनासो प्रकट गर्दै तत्काल जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अग्रगामी एजेण्डासहित विद्यालय शिक्षा विधेयक पारित गर्न कुनै कन्जुस्याइँ गर्न नहुनेमा जोड दिए । 

सहकारी पीडित, मिटरब्याज पीडित र चिकित्सालगायतको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदेखाएमा असन्तुष्टि प्रकट गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न उच्चस्तरीय शक्तिशाली छानबिन आयोग गठन गर्न माग गरे । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई यथार्थपरक र जनमुखी बनाउन आग्रह गरे । 

सङ्घीय संसद्को बर्खे अधिवेशन खास अर्थमा देश र जनताका पक्षमा केन्द्रित होओस् भन्ने उनले कामना गरे । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : ४३ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।