जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्छ : सांसद महतो « Khabarhub

जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्छ : सांसद महतो


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभाका सांसद वीरेन्द्रप्रसाद महतोले मुलुकमा लोकतन्त्र प्राप्त भएको १९ वर्ष बितिसक्दा पनि जनताले आधारभूत सुविधासमेत नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा सम्बोधन गर्ने क्रममा उनले जनताले संविधानअनुसार आधारभूत अधिकार प्राप्त गर्न नसक्दा लोकतन्त्रको अनुभूति हुन नसकेको उल्लेख गरे । 

राज्यले सेवा प्रवाह सहज नबनाउँदा जनताले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले दलहरू सत्ता र शक्तिको खेलमा लाग्दा नागरिक संवैधानिक अधिकारबाटसमेत वञ्चित हुनुपरेको बताए । 

उनले भने, ‘राजनीतिक अस्थिरता, सरकारी निकायबीचको समन्वयमा अभावमा  जनताले पाउनुपर्ने सामान्य अधिकार पनि पाउन सकेका छैनन् ।’ 

उनले आजदेखि सुरु भएको संसद्को वर्षे अधिवेशनबाट शिक्षा, प्रहरी र निजामतीसम्बन्धी ऐन जसरी भए पनि पास गर्नुपर्नेमा जोड दिए । निजी चिकित्सकहरूको मागप्रति सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ । 

‘सङ्घीय सदनमा सरकारी र निजी गरी ३२ वटा विचाराधीन विधेयक पनि यही वर्षे अधिवेशनमा टुङ्गो लगाउनुपर्नेछ, साथै अबको बजेट विकासमुखी हुनुपर्छ, लोकप्रियभन्दा पनि व्यावहारिक बजेट आउनु आजको आवश्यकता हो’, उनले भने।

सांसद महतोले बैंक तथा वित्तीय संस्थाको व्यवसायलाई पनि सहायता हुने गरी विकासमा खर्च गर्ने खालको बजेट आउनुपर्नेमा जोड दिए । देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने उल्लेख गर्दै उनले सरकारले पुँजीगत खर्च बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । 

उनले स्रोत सुनिश्चितता नगरी बजेट ल्याउँदा समस्या उत्पन्न भइरहेको बताउँदै आर्थिक सङ्कुचनको अवस्थालाई ध्यानमा राखी बजेट बनाउनुपर्ने बताए  । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : ५७ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा