झुमा लिम्बूको नयाँ गीत ‘ए ठूली’ सार्वजनिक « Khabarhub

झुमा लिम्बूको नयाँ गीत ‘ए ठूली’ सार्वजनिक


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’बाट गायिका तथा संगीतकार झुमा लिम्बू चर्चामा छिन् । अहिले टिकटकको ट्रेन्डिङमा यो गीत छ ।

झुमा लिम्बूको स्वर र संगीतमा नयाँ गीत ‘ए ठूली’ सार्वजनिक भएको छ । यो गीत वैशाख २६ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘जार’मा समावेश छ ।

निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको यस गीतमा गायनमा झुमालाई पवन गिरीले साथ लिएका छन् । यो गीतका लेखक भने हर्क साउद हुन् ।

लोकलयमा आधारित यस गीतले प्रेमको भाव बोकेको छ । लाहुरमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा दुःख पाइरहेको होला भन्दै घरमा बसेर चिन्ता गर्ने कोमल हृदयकी प्रेमिकाको कथा गीतमा छ ।

गीतले फिल्मको मूल कथा भन्ने निर्माण पक्षले जनाएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नायक सौगात मल्ल र नायिका गीताञ्जली थापा फिचर्ड छन् ।

‘जार’ सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेको फिल्म निर्माण पक्षले जनाएको छ । यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ ।

फिल्ममा सौगात र गीताञ्जलीसहित, अनुपविक्रम शाही मुख्य भूमिकामा छन् । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ । फिल्मको निर्देशक फुर्वा छिरिङ लामा हुन् ।

गीतको भिडियो :

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : २० बजे

भानुआटुमा शक्तिशाली भूकम्प

पोर्ट भिला- प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

काठमाडौं– मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि