झुमा लिम्बूको नयाँ गीत ‘ए ठूली’ सार्वजनिक « Khabarhub

झुमा लिम्बूको नयाँ गीत ‘ए ठूली’ सार्वजनिक


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’बाट गायिका तथा संगीतकार झुमा लिम्बू चर्चामा छिन् । अहिले टिकटकको ट्रेन्डिङमा यो गीत छ ।

झुमा लिम्बूको स्वर र संगीतमा नयाँ गीत ‘ए ठूली’ सार्वजनिक भएको छ । यो गीत वैशाख २६ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘जार’मा समावेश छ ।

निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको यस गीतमा गायनमा झुमालाई पवन गिरीले साथ लिएका छन् । यो गीतका लेखक भने हर्क साउद हुन् ।

लोकलयमा आधारित यस गीतले प्रेमको भाव बोकेको छ । लाहुरमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा दुःख पाइरहेको होला भन्दै घरमा बसेर चिन्ता गर्ने कोमल हृदयकी प्रेमिकाको कथा गीतमा छ ।

गीतले फिल्मको मूल कथा भन्ने निर्माण पक्षले जनाएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नायक सौगात मल्ल र नायिका गीताञ्जली थापा फिचर्ड छन् ।

‘जार’ सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेको फिल्म निर्माण पक्षले जनाएको छ । यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ ।

फिल्ममा सौगात र गीताञ्जलीसहित, अनुपविक्रम शाही मुख्य भूमिकामा छन् । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ । फिल्मको निर्देशक फुर्वा छिरिङ लामा हुन् ।

गीतको भिडियो :

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै