कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि « Khabarhub

कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा– एक वर्षको अवधिमा कर्णाली प्रदेशका १३ लाख ३५ हजार जनसङ्ख्याले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । 

प्रदेशका दश वटै जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट उक्त सङ्ख्यामा स्वास्थ्य सेवा प्रदान गरिएको हो । 

गत वर्षको वैशाखदेखि चैत मसान्तसम्ममा स्वास्थ्य संस्थाहरूबाट विभिन्न सेवा लिएका नागरिकहरूको तथ्याङ्क प्रदेश सरकारले सार्वजनिक गरेको छ । 

यसलाई प्रदेश सरकारले उपलब्धि मानेको छ । विगतमा स्वास्थ्य सेवाको पहुँचमा नपुगेका कर्णालीका नागरिकहरू गाउँमा अस्पताल पुगेपछि पहुँचमा वृद्धि भएको मुख्यमन्त्री यामलाल कँडेलको दाबी छ । 

कर्णालीलाई सिटामोल समेत नपाउने प्रदेशका रूपमा व्याख्या गरिँदै आएकामा अब सबै नागरिक स्वास्थ्यको पहुँचमा पुग्न सक्ने स्थिति बनेको उनको भनाई छ । 

त्यसै गरी शिक्षा क्षेत्रमा पनि कर्णाली सरकारले नवीनतम कामको सुरुआत गरेको जनाएको छ । मुख्यमन्त्री कँडेलद्वारा प्रस्तुत एक वर्षको प्रगति विवरणमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम सुरु भएको र हाल १३ वटा विद्यालय छनोट भई कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । 

जुम्ला र मुगु जिल्लालाई साक्षर घोषणा गरिनुलाई पनि उपलब्धि विवरणमा उल्लेख गरिएको छ । दश वर्षे शिक्षा योजना प्रक्रियामा रहेको मुख्यमन्त्री कँडेलले जानकारी दिए । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : ४७ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा