आजको युग ज्ञानको युग हो : मुख्यमन्त्री कँडेल « Khabarhub

आजको युग ज्ञानको युग हो : मुख्यमन्त्री कँडेल


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आजको युग ज्ञानको युग भएको बताएका छन् । आजदेखि मध्यपश्चिम विश्वविद्यालय आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै  यस्तो बताएका हुन् । 

सूचना प्रविधि, र नवप्रवर्तनको तीव्र विकाससँगै समाज, शिक्षा प्रणाली र व्यावसायिक सोचमा आमूल परिवर्तन आइरहेको मुख्यमन्त्री कँडेलले बताए । 

‘यो परिवर्तनको यथार्थलाई स्वीकार गर्दै अब हाम्रा विश्व विद्यालयहरूले नीतिगत, प्राज्ञिक र व्यावसायिक रूपमा आफू अब्बल साबित गर्नु पर्ने अवस्था सृजना हुँदै गएको मैलै महसुस गरेको छु,’ उनले भने,‘आजको विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ । प्रविधि, जलवायु परिवर्तन, भूराजनीतिक परिवर्तन जस्ता विषयहरूले हाम्रो जीवनका हरेक पक्षलाई प्रभाव पारिरहेका छन् ।’ 

यस्तो परिवर्तनशील विश्वमा हामीले शिक्षा, समाज र व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने भएको मुख्यमन्त्री कँडेलले बताए । 

‘आजको समयको माग भनेको व्यवसायमा नवप्रवर्तन, स्टार्टअप संस्कृति र सामाजिक उद्यमशीलता स्थापित गर्दै जानु हो,’ उनले भने, ‘यस्ता कार्यक्रमहरूले मानव सभ्यतामा विशेष योगदान दिन सक्ने नवीनतम विषयहरूलाई थप जागृत र स्वावलम्बी समाज निर्माणमा टेवा दिन सक्ने मैले अपेक्षा गरेको छु ।’

यस सम्मेलनबाट शिक्षाविद्, समाजशास्त्री, व्यवसायविद् र नीति निर्माणकर्ताहरूबीच बहस, छलफल र विचार आदान–प्रदानसँगै विभिन्न विशिष्ट सत्रहरूमा सिर्जना भएका बहसले हाम्रो नीति, योजना र कार्यान्वयनमा मार्गदर्शन दिन सफल हुने मुख्यमन्त्री कँडेलले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ७ : ०६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना