पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने « Khabarhub

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पर्सा – जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको सङ्ख्या अत्यधिक भएसँगै चार ठाउँबाट विवरण सङ्कलन गर्नेभएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले वैशाख १४ गतेदेखि पर्सामा चार स्थानबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह गरिने जानकारी दिए ।

“विगत केही दिनदेखि कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राखेर चार स्थानबाट सेवा प्रवाह गर्न लागिएको छ”, उनले भने ।

जिल्ला प्रशासन कार्यालयबाट विन्दवासिनी गाउँपालिका, बहुदरमाई नगरपालिका,पर्सागढी नगरपालिका, सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीको राष्ट्रिय परिचयको विवरण सङ्कलन गरिनेछ । इलाका प्रशासन कार्यालय सुपौलीबाट जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकाका सेवाग्राहीको विवरण सङ्कलन गरिनेछ ।

त्यस्तै वीरगञ्ज महानगरपालिका कार्यालयबाट महानगरका ३२ वटै वडाका सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिनेछ । पोखरिया नगरपालिका कार्यालयबाट पोखरिया नगरपालिका, छिपरमाई, पकहाँमैनपुर, धोविनी र कालिकामाई गाउँपालिकाको सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिनेछ ।

पर्सा जिल्लाबाट दुई लाख ७५ हजारभन्दा धेरै सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाइसकेका छन् । सहायक प्रजिअ कार्कीले ४० हजार राष्ट्रिय परिचयपत्रको कार्ड छपाइ भएर आइसकेको जानकारी दिए। “अहिलेसम्म २३ हजार भन्दा धेरै सेवाग्राहीले छापिएर आएको राष्ट्रिय परिचयपत्र लिइसक्नुभएको छ,” उनले भने ।

कार्यालयले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक,अपाङ्गता, गर्भवती र वैदेशिक रोजगारीमा तुरुन्तै जानुपर्ने सेवाग्राहीलाई प्रथामिकतामा राख्दै काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १० : ३० बजे

बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धारको डेमो प्रदर्शन

म्याग्दी– मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक

हर्मुज जलघाँटी शुल्कमा अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक दबाब थप कडा

वासिङ्टन– रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने

पोखरामा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा चल्यो डोजर (तस्बिरहरू)

काठमाडौं– पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण

बालबालिकालाई खाली पेटमा लिची खुवाउनु विषाक्तताको जोखिम : डा. अग्रवाल  

काठमाडौं– गर्मी मौसमममा फल्ने लिची स्वादिष्ट र सबैको प्रिय फल

गुणस्तरहीन तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन तोरी तेल