सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ « Khabarhub

सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाकोे दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् ।

गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउमा सहज हुनेगरी प्रत्येक वर्षमा सडक निर्माणलाई निरन्तरता दिँदै आएपछि यति बेला दुर्गम गाउँबस्ती पछिल्लो समय सडक सञ्जालमा जोडिँदै गएका हुन् ।

यहाँका अधिकांश गाउँबस्तीमा सडक पुगेपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान सामग्री ढुवानी गर्न तथा आउजाउ गर्नमा निकै सहज भएको अदानचुली गाउँपालिका–५ स्थानीय दीपबहादुर शाहीले बताए ।

उनले भने, “पहिला यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न दुई चार दिन पैदलयात्रा गुर्नपथ्र्यो । अहिले गाउँमा सडक पुगेपछि त्यो खाद्यान सामग्री गाडीमा दुई चार घण्टामा घर पुग्छ ।”

गाउँमा पुगेका यी सडकलाई तुरुन्तै स्तरोन्नति गरी दिन पाए यहाँका स्थानीयलाई थप सुविधा हुने शाहीले बताए । अदानचुली गाउँपालिकाका पाँच वडामा सडक सञ्जालमा जोडिएका छन् भने वडा नम्बर ६ को पाल्स र लमही मात्र बाँकी रहेकाले सडकको पहुँचमा छैन ।

वडा नम्बर ६ को लमही र पाल्सका गाउँवस्तीमा सडक पु¥याउने कार्यलाई निकै तीव्रता दिँदै आएको छ । यहाँका अधिकांश बस्तीको बीचबीचमा ठूला चट्टान भएकाले त्यस ठाउँमा सडक खन्न निकै समस्या भएकाले ती बस्तीहरू सडक सञ्जालको पहुँचमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए ।

अहिले यहाँका ती ठूला चट्टानलाई फोड्दै सडक नपुगेका गाउँबस्तीलाई सडक जोड्ने काम भइरहेको गाउँपालिका अध्यक्ष सिंहले बताए । उनले भने, “यस ठाउँको भूगोलले नै समस्या पारेकाले केही ढिलाइ भएको छ अहिले करिब रु एक करोडभन्दा धेरै बजेट विभिन्न निकायबाट पहल गरी विनियोजन गरिएको छ ।”

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १० : ५२ बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा