आज २०८२ साल जेठ ११ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ ११ गते आइतबारको राशिफल


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ ११ गते आइतबार। जेठ कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ मे २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो रहेको छ। राजनीतिक क्षेत्रमा इज्जत राख्नका लागि सम्पत्ति खर्च गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : धन खर्च भए पनि उचित ठाउँमा भएको लगानी उठ्नेछ। धार्मिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। विपक्षी साथीबाट तपाईंको प्रशंसा हुनेछ। स्वादेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : मन प्रशन्न रहनेछ। पद र प्रतिष्ठाका लागि तपाईंले गरेको खर्चको सदुपयोग हुनेछ। नेतृत्वलाई हातमा लिएर काम गर्न सकिनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

कर्कट : तपाईंको बोलीले साथी टाढा हुनेछन्। पैतृक सम्पत्तिको आडमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको मूल्यांकन हुनेछ। उत्तरको लामो एकल यात्रा नगर्नु उचित हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। शनिको प्रभाव कम गर्न दान गरेर दिनको सुरुवात गर्नुपर्नेछ।

कन्या : दिन सामान्य छ। तपाईंमाथि पारिवारिक बोझ थपिनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मनमा शान्ति मिल्नेछ। आफन्त असन्तुष्ट हुने जोखिम छ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ।

तुला : दिन राम्रो छ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सन्तान सुख मिल्नेछ। ठुलो काममा हात हाल्न हिम्मत गर्नुपर्नेछ। धार्मिक क्षेत्रमा आस्था बढ्नेछ।

वृश्चिक : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा लगानीका लागि हौसला बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राज्यको तर्फबाट सेवाका अवसर मिल्नेछ। गुरुको प्रश्नको भने सामना गर्नुपर्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। विपक्षीको आलोचनाको भने सामना गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : व्यवहारिक चुनौतीको सामना गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रको अल्पज्ञानले समस्या बढ्नेछ। विपक्षी साथीले साथ दिनेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा गरेको अध्ययनको मूल्यांकन हुनेछ। स्वास्थ्यमा समस्या हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्ने समय छ। शनिदेव गलत ठाउँमा भए ठुलो क्षति हुने जोखिम रहेको छ।

मीन : आज बलले भन्दा बुद्धिले काम गर्नुपर्ने दिन छ। चुनौतीको बोझ बढ्नेछ। सहकर्मीसँग सल्लाह गरेर सुरुवात गरेको कामले फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर सुरु गरेको काममा सफलता मिल्नेछ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ५ : ०५ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको