लोमान्थाङमा ‘तिजी’ पर्व सुरु « Khabarhub

लोमान्थाङमा ‘तिजी’ पर्व सुरु


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा शनिबारदेखि सदियौँ वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व ‘तिजी’ औपचारिक रूपमा सुरु भएको छ । उपल्लो मुस्ताङमा तिजी पर्वलाई सबैभन्दा महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ ।

उपल्लो मुस्ताङको लोछोदिन समुदायका गुरुङ र विष्ट समुदायका मानिस एकै थलोमा भेला भएर तिजी पर्वलाई हर्ष र उल्लासका साथ मनाउने प्रचलन छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्डको संयुक्त आर्थिक सहयोग तथा लोमान्थाङस्थित छोदे गुम्बाको व्यवस्थापनमा लोमान्थाङस्थित मुस्ताङ सांस्कृतिक राजाको दरबार परिसरमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व ‘तिजी’ शुभारम्भ गरिएको हो । तिजीलाई तिब्बती भाषामा ‘तेन्जी’ पर्व भन्ने गरिन्छ ।

तिजी पर्वका बेलामा उपल्लो मुस्ताङका स्थानीय नागरिकले आफ्नो आर्थिक हैसियतअनुसार खानपान गर्ने, नयाँ मौलिक वेशभूषासहितको लुगा र गरगहना  लगाउने गर्छन् । तिजी पर्व अवधिभर गुम्बा र छोर्तेनमा गएर सामूहिक पूजाआजा गर्ने धार्मिक चलन छ ।

उपल्लो मुस्ताङमा तिजी पर्व तीन दिनसम्म मनाइने प्रचलन रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । उनले उपल्लो मुस्ताङको लोछोदिन समुदायलाई कसैबाट आक्रमण नहोस्, शान्ति स्थापना होस्, सबैको भलो होस् भन्ने उद्देश्यले तिजी पूजाको रूपमा यो पर्व चल्दै आएको बताए ।

तिजी पर्वमा उपल्लो मुस्ताङअन्तर्गत साविकका सातवटै गाविसका मानिस लोमान्थाङस्थित तिजी पर्वमा उपस्थित भएर शान्ति पूजापाठमा सरिक हुनुपर्ने धार्मिक प्रचलन रहेको अध्यक्ष विष्टको भनाइ छ ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङको धार्मिक तथा ऐतिहासिक पर्व तिजी उपल्लो मुस्ताङको सांस्कृतिक धरोहरका रूपमा रहेको बताए । यो पर्वले उपल्लो मुस्ताङको समृद्धि, विकास र शान्ति स्थापना गर्न तथा उपल्लो मुस्ताङका नागरिकलाई भावानात्मक रूपमा एकताबद्ध गर्न तिजी पर्वले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको उल्लेख गरे ।

तिजी पर्व आठौँ शताब्दीदेखि धर्मगुरु पद्मसम्भवको पालादेखि सुरु भएको लोमान्थाङस्थित लोमान्थाङ छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले बताए । गुरु पद्मसम्भवको पालादेखि सुरु भएको तिजी पर्व उपल्लो मुस्ताङमा १५औँ शताब्दीमा मुस्ताङी दोस्रो राजाका छोरा आङ्जेन साङ्वोको पालादेखि सुरु भएको छोदे गुम्बाका लामा गुरुङको भनाइ छ ।

पछिल्लो अवस्थामा उपल्लो मुस्ताङमा तिजी पर्व चल्दै गर्दा विभिन्न काखखण्डमा तिजी पर्व रोकिँदै र सुरु हुँदै आएकोमा सन् १९६३ देखि नियमित रूपमा उपल्लो मुस्ताङमा तिजी सञ्चालन हुँदै आइरहेको छोदे गुम्बाका लामा गुरुङले जनाए । त्यसो त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरना सङ्क्रमणको जोखिमका कारण सन् २०२० देखि तीन वर्ष उपल्लो मुस्ताङमा तिजी पर्व रोकिएको लामा गुरुङको भनाइ छ ।

लोमान्थाङमा ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक पर्व तिजी तीन दिनसम्म नियमित रुपमा सञ्चालन हुने गर्छ । त्यस अवधिमा तीन दिनसम्म बिहान ६ देखि १२ बजेसम्म त्यहाँको गुम्बामा लामाद्वारा बज्रकिलया देवता र महाकाल देवताको पूजापाठ गर्ने गरिन्छ ।

यसरी पूजापाठ गर्दा उपल्लो मुस्ताङलाई कसैले कुदृष्टि नलगाओस्, विश्व भातृत्व र शान्ति कायम होस्, रोगब्याधी र अनष्टि नहोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपद्को सामाना गर्न नपरोस्, सबै लोछोदिन समुदायमा सुख, शान्ति समृद्धि छाओस् भन्ने कामना गर्दै छोदे गुम्बाका लामाहरूले सामूहिक पूजा गर्ने प्रचलन रहेको लामा झ्यम्पा घ्याचो गुरुङले जानकारी दिए ।

यसैगरी तिजी पर्वको तीन दिनसम्म बिहानको धार्मिक पूजापाठपछि लोमान्थाङस्थित मुस्ताङी सांस्कृतिक राजाको दरबार परिसर अगाडि छोदे गुम्बाका लामाबाट बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने गरिन्छ । यो प्रक्रिया तीन दिनसम्म नियमित चल्ने लामा गुरुङले बताए ।

पर्वको अवसरमा लोमान्थाङको ऐतिहासिक दरबार अगाडि छोदे गुम्बाका लामाले ५४ प्रकारका बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने चलन रहेको उनको भनाइ छ ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजीको अन्तिम दिन तीन दिनसम्म पूजामा रािखएको तोर्म गाउँबाहिर लगेर बिर्सजन गरेपछि तिजी पर्व समापन भएको संकेत गरिन्छ । (रासस)

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : ३९ बजे

एमालेमा ओलीको संकट बढ्दै गर्दा उनैले भित्र्याएका अरगरियाले छाडे पार्टी

काठमाडौं- नेकपा (एमाले)का केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा

पेट्रोलियम पदार्थमा लगाइएको करविरुद्ध चितवनमा मिराजको अनौठो प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले

खबरहबकर्मी घिमिरेसहित चारजना पत्रकार पुरस्कृत

पाँचथर– खबर मिडिया ग्रुपकी राजनीतिक रिपोर्टर ज्ञानु घिमिरेलाई नेपाल पत्रकार

ऋषि धमलाले भने- सरकारले जेन-जी आन्दोलनका घाइते तथा पीडितको माग सम्बोधन गर्नुपर्छ

काठमाडौं– स्वतन्त्र नागरिक अभियान नेपालले देशमा सुशासन, पारदर्शिता, सामाजिक न्याय

गगनलाई एनपीको आग्रह : क्रियाशील सदस्यताबारे थप विवाद नबढाउनू

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा