इजरायली आक्रमणमा एक चिकित्सकले गुमाइन् नौ सन्तान « Khabarhub

इजरायली आक्रमणमा एक चिकित्सकले गुमाइन् नौ सन्तान


११ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा इजरायलले गरेको आक्रमणमा एक चिकित्सकले नौ सन्तान गुमाएकी छन्। खान युनिसमा रहेको अस्पतालमा कार्यरत डा. अला अल नजारले १० मध्ये नौ छोराछोरी गुमाएकी हुन्। बाँकी एक सन्तान र उनका श्रीमान् पनि घाइते छन्।

उनको बचेका ११ वर्षीय छोराको शल्यक्रिया गरेका चिकित्सक ग्रेयम ग्रमले वर्षौसम्म बाल रोग विशेषज्ञको रूपमा अन्य धेरैका छोराछोरीको ज्यान बचाउन सक्रिय उनको जीवनमा यो सबै भन्दा ठुलो बज्रपात भएको बताएका छन्।

इजरायलले भने बारम्बार शङ्कास्पद व्यक्तिलाई लक्षित प्रहार गरेको तथा कतै पनि संलग्न नहरेका सर्व साधारणलाई केही पनि नगरिएको दाबी गरेको छ।

इजरायली डिफेन्स फोर्स आइडिएफले उनीहरूमाथि आक्रमण गर्ने योजना बुन्ने धेरै जना खान युनिसमा रहेका कारण आक्रमण गरेको बताएको छ। आफ्नो सुरक्षाका लागि खान युनिसलाई खाली गराउन तयार भएको पनि आइडिएफको दाबी छ। २४ घण्टाको अन्तरालमा सयौं पटक प्रहार भएको तथा ७४ जनाको ज्यान गएको बताएको छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ६ : ४६ बजे

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ