इजरायली आक्रमणमा एक चिकित्सकले गुमाइन् नौ सन्तान « Khabarhub

इजरायली आक्रमणमा एक चिकित्सकले गुमाइन् नौ सन्तान


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा इजरायलले गरेको आक्रमणमा एक चिकित्सकले नौ सन्तान गुमाएकी छन्। खान युनिसमा रहेको अस्पतालमा कार्यरत डा. अला अल नजारले १० मध्ये नौ छोराछोरी गुमाएकी हुन्। बाँकी एक सन्तान र उनका श्रीमान् पनि घाइते छन्।

उनको बचेका ११ वर्षीय छोराको शल्यक्रिया गरेका चिकित्सक ग्रेयम ग्रमले वर्षौसम्म बाल रोग विशेषज्ञको रूपमा अन्य धेरैका छोराछोरीको ज्यान बचाउन सक्रिय उनको जीवनमा यो सबै भन्दा ठुलो बज्रपात भएको बताएका छन्।

इजरायलले भने बारम्बार शङ्कास्पद व्यक्तिलाई लक्षित प्रहार गरेको तथा कतै पनि संलग्न नहरेका सर्व साधारणलाई केही पनि नगरिएको दाबी गरेको छ।

इजरायली डिफेन्स फोर्स आइडिएफले उनीहरूमाथि आक्रमण गर्ने योजना बुन्ने धेरै जना खान युनिसमा रहेका कारण आक्रमण गरेको बताएको छ। आफ्नो सुरक्षाका लागि खान युनिसलाई खाली गराउन तयार भएको पनि आइडिएफको दाबी छ। २४ घण्टाको अन्तरालमा सयौं पटक प्रहार भएको तथा ७४ जनाको ज्यान गएको बताएको छ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : ४६ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक