मधेस प्रदेशमा निर्जीवन बीमाबाट दुई अर्ब १५ करोड सङ्कलन « Khabarhub

मधेस प्रदेशमा निर्जीवन बीमाबाट दुई अर्ब १५ करोड सङ्कलन


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पर्सा– नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमातर्फ दुई अर्ब १५ करोड ७६ लाख बिमा शुल्क सङ्कलन गरेको छ । सोही अवधिमा निर्जीवन बीमातर्फ जारी बीमा लेख सङ्ख्या भने दुई लाख ५९ हजार ४७५ रहेको छ ।

निर्जीवन बीमातर्फ सात हजार १२४ सङ्ख्याले एक अर्ब ६० करोड २६ लाख  रकम दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले सो माग गरेकामध्ये पाँच हजार ५८५ जनालाई एक अर्ब आठ करोड ४३ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।

नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गरे ।

कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ । सो अवधिमा मधेस प्रदेशमा ८६ हजार ६ सय ७० वटा जीवन बीमाको बीमालेख सङ्ख्या रहेको छ ।

जीवन बीमा शुल्क सङ्कलनमा मधेस प्रदेशको हिस्सा ९ दशमलव २४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बीमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ ।

कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बीमातर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट दुई अर्ब ८७ करोड ७४ लाख रकम भुक्तानी गरेको थियो । (रासस)

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : ५७ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर