मकैमा फौजी कीराको समस्या, किसान चिन्तित « Khabarhub

मकैमा फौजी कीराको समस्या, किसान चिन्तित


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भोजपुर– मकैबालीमा फौजी कीराको समस्या बढ्न थालेपछि भोजपुरका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।

वैशाख अन्तिम साताबाट अमेरिकन फौजी कीराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको कृषक धनबहादुर थापाले बताए ।

कीराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उनको भनाइ छ ।

जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी कीराको समस्या देखिएको किसानको भनाइ छ ।

कीराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेको किसानको भनाइ छ ।

बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकैबालीमा फौजी कीराको समस्या देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

कीरा नियन्त्रणका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ । (रासस) 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १० : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै