सुदूरपश्चिमको प्रसिद्ध छलियानाच  व्यवसायिक बन्दै  « Khabarhub

सुदूरपश्चिमको प्रसिद्ध छलियानाच  व्यवसायिक बन्दै 


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक बन्न थालेको छ । यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया नाचको माग हुने गरेको छ । 

पछिल्लो समय छलिया नाच विवाहमा मात्रै नभई यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रममा समेत छलिया नाच प्रदर्शन हुने गरेको छ । विभिन्न ठाउँमा नाच देखाएवापत छलिया नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ । महेन्द्रनगरका सुरज औजीलाई आजभोलि भ्याइनभ्याइ छ ।

उनी छलिया नृत्यका लागि सुदूरको तराइदेखि पहाडसम्म छलिया समूह लिएर पुग्ने गरेका छन् । विशेष गरी विवाह र महोत्सवका लागि छलिया नृत्यको माग आउने गरेको उनको भनाइ छ ।

पछिल्लो समय विभिन्न समारोह तथा उच्चपदस्थको स्वागतमा छलिया नृत्य प्रदर्शन हुन थालेको छ । ‘हरेक दिन छलिया नृत्यका लागि तीन–चार  फोन आउँछ एक महिनाअघि नै बुकिङ हुने गरेको छ ।’ उनका अनुसार विवाह, महोत्सव तथा शुभकार्यमा छलिया नाचको माग बढेको छ ।

छलिया नृत्यमा १५ वर्षको उमेरदेखि नै लागेका सुरजले अहिले छलिया नाच नाचेरै लाखौँ आम्दानी गर्न थालेका छन् ।  ‘छलिया नृत्य सुदूरपश्चिमको मौलिक पहिचान हो यसको संरक्षण गर्छु भनेर लागेको हुँ’, उनले भने, ‘अहिले छलिया नृत्य व्यावसायिक रुपमा अघि बढेको छ आम्दानीको मुख्य स्रोत नै छलिया नाच हो ।’ उनले विवाह तथा महोत्सवमा छलिया नृत्यको ३० हजारदेखि ५० हजार रुपैयाँसम्म शुल्क लिने गरेको बताए ।

उनले आफ्नो १२ जनाको टिमको आम्दानीको मुख्य स्रोत छलिया नृत्य रहेको बताए । उनले विवाह र महोत्सवमा छलिया नाच देखाउनका लागि कञ्चनपुर, कैलाली र पहाडको बैतडीसम्म पुग्ने गरेको बताए ।

अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा विवाह तथा महोत्सवहरूमा छलिया नृत्यको माग हुने गरेको ७० वर्षीया मोहनराम औजीले बताए । उनले आफूले १२ वर्षको उमेरदेखि छलिया हुड्केली नाच नाच्न थालेको बताए । ‘म ७० वर्षको भएँ । अहिले मेरो छोरालाई संयोजक बनाएको छु उसले दैनिक नौ वटा छलिया नृत्यको टिमको ठेक्का लिने गरेको छ यति धेरै माग छ ।’

उनले छलिया नाच देखाउँदा ढाल, तरबार र छलियाको पहिरन निकै महँगो हुने गरेको बताए ।

अहिले विभिन्न ठाउँमा छलिया नाच्नेले समूह नै बनाएर नाच्ने र गाउने गरेका छन् ।

छलिया नाचमा सुदूरपश्चिमको विशेष पहिचान र मौलिकता रहेको लोक साहित्यका जानकारहरू बताउँछन् । सुदूरपश्चिममा नृत्य गर्नुलाई छलो खेल्नु पनि भन्ने गरेको र नृत्य गर्ने तथा छलो खेल्ने व्यक्तिलाई छलिया भनिने लोक साहित्यका जानकार कविराज भट्टले जानकारी दिए । उनले छलिया नृत्य सुदूरपश्चिमको मौलिक नृत्य रहेकाले पछिल्लो समय व्यावसायिक रुपमा अघि बढेको बताए ।

छलिया नृत्यमा स्थानीयस्तरमै बनेका लोकबाजा प्रयोग हुन्छन् । छलिया नृत्यमा दमाहा, झ्याली, विगुल, मसक, हुड्कोलगायत बाजागाजाको प्रयोग गरिन्छ ।

छलिया नाचमा नाच्ने व्यक्तिको विशेष नृत्य पहिरन हुन्छ । टाउकोमा विशेष किसिमले मखमलको पगडी लगाइन्छ । छलियाको कम्बरमा विशेष किसिमको कपडाको पेटी पनि हुन्छ ।। एक हातमा ढाल र एक हातमा तरबार लिइ छलिया नृत्यको प्रदर्शन हुने गर्दछ । (रासस) 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १० : ४५ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।