हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण « Khabarhub

हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको पर्यटकीय नगरी सौराहाको हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण दिइएको छ ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा भएको प्रशिक्षणमा सहभागी माहुतेहरुलाई हात्तीको स्याहारसुसार, सफारी व्यवस्थापन तथा कानूनी प्रावधानहरूको बारेमा तालिम दिएको हो ।

कार्यक्रम कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष शम्भुप्रसाद मालीका अनुसार बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनको सहयोगमा प्रशिक्षण दिइएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालय प्रमुख शान्तबहादुर मगरले पर्यटन क्षेत्रको सकारात्मक सन्देश प्रवाह गर्न माहुतेहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सफारीमा चढेका पर्यटकलाई राम्रो व्यवहार गर्नुपर्ने बताए । उनले हात्ती सफारी गर्दा निकुञ्जको कानून र हात्तीको स्वास्थ्यमा ख्याल गर्न माहुतेलाई आग्रह गरे ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बीपी चौधरीले चितवनको सफारी पर्यटनमा हात्ती र माहुते दुवैको भूमिका महत्वपूर्ण रहेको बताए । सफारी पर्यटनकै कारण सामुदायिक वनको आम्दानी उल्लेख्य रहेको भन्दै उनले आम्दानीको अधिकांश हिस्सा संरक्षणमा खर्च गर्दै आएको जानकारी दिए ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले अधिकारका कुरा उठाएर सौराहाको सफारी पर्यटन कमजोर बनाउन खोजिएको भन्दै यसतर्फ व्यवसायीहरू सचेत रहेको बताए ।

चितवनको पर्यटन जोगाउन व्यवसायीले हात्ती पालेको भन्दै उनले सफारी पर्यटनको विकासका लागि हात्ती र माहुतेको भूमिका प्रशंसायोग्य रहेको बताए ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालय प्रमुख शान्तबहादुर मगरले राष्ट्रिय निकुञ्जका बारेमा जानकारीसहित सफारीका क्रममा वन्यजन्तु देखाउँदा अपनाउनुपर्ने सावधानीका बारेमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ११ : ४६ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य