शौचालयमा लडेर एक भारतीय पर्यटकको मृत्यु | Khabarhub Khabarhub

शौचालयमा लडेर एक भारतीय पर्यटकको मृत्यु


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

भरतपुर– मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज मृत्यु भएको हो । 

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारार्थ इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । 

शव परीक्षणका लागि भरतपुर अस्पतालतर्फ लगिएको छ ।

रासस

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १ : ११ बजे

कोठामै जलेको अवस्थामा भेटिनुअघि आँचललाई आएको थियो मार्ने धम्की

काठमाडौं– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीकी कलाकार आँचल नाथ बिहीबार काठमाडौंस्थित

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 

महेन्द्रनगर– धनुषामा शुक्रबार तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई

बेलायतले विवादास्पद विचारलाई पुनर्जीवित गर्दै डिजिटल आइडी कार्डहरू प्रस्तुत गर्ने

लन्डन– बेलायतले नागरिक र स्थायी बासिन्दाहरूका लागि अनिवार्य डिजिटल पहिचान

फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

मस्को– रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस महिनाभरि