पाँच दशकपछि ‘परिवर्तन’ कै नाममा अर्को फिल्म बन्ने, शीर्ष भूमिकामा अञ्जना र सुशील फाइनल « Khabarhub

पाँच दशकपछि ‘परिवर्तन’ कै नाममा अर्को फिल्म बन्ने, शीर्ष भूमिकामा अञ्जना र सुशील फाइनल


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक विजय केरुङले नयाँँ फिल्म ‘परिवर्तन’ निर्माणको घोषणा गरेका छन् । उनले आइतबार नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइलीलाई शीर्ष भूमिकामा लिएर फिल्म बनाउने घोषणा गरेका हुन् ।

निर्देशक केरुङका अनुसार यो फिल्मको केन्द्रीय पात्र प्रहरी अफिसर हुन् । उसको व्यवसायिक निजी जीवनका उत्तारचढावको कथा पर्दामा उतार्ने निर्देशक केरुङकाे तयारी छ ।

साथै, फिल्ममा सीमा सुरक्षा, भ्रष्टाचारको सञ्जाल र आम सर्वसाधरणको पीडा पनि देखाइने उनले बताएका छन् ।

फिल्मका निर्माता दीपक सिवाकोटीले नै कथा लेखेका हुन् । पटकथा र संवाद भने शिवम अधिकारीले लेखेका हुन् । अधिकारीले यसअघि ‘सिलसिला’, ‘दशजगा’, ‘रावायण’ लगायतका दर्जनाैं फिल्म लेखेका थिए ।

पछिल्लो फिल्म ‘आउटलः दफा २१९’ बाट एक्स नायकका छवि बनाएका सुशीलले ‘परिवर्तन’ लाई विशेषरूपमा लिएका छन् । यो फिल्मले आफूलाई छुट्टै परिचय दिने उनको दाबी छ ।

यस फिल्ममा सुशील र अञ्जनासहित सुनील थापा, बुद्धि तामाङ, करिश्मा मानन्धरको समेत अभिनय रहने बताइएको छ ।

आगामी साताबाट फिल्मको छायाङ्कन सुरु गर्ने तयारीमा निर्देशक केरुङ रहेका छन् । पूर्वी नेपालमा छायाङ्कन हुने यस फिल्मलाई यही वर्ष प्रदर्शनमा ल्याउने तयारीमा उनी छन् ।

‘परिवर्तन’ शीर्षकमा यसअघि वि.सं २०२८ सालमा फिल्म बनेको थियो । जसको निर्देशक हिरासिंह खत्री थिए । दिव्यासी फिल्मको व्यानरमा पाँच दशकपछि केरुङले सोही नाममा फिल्म बनाउन लागेका हुन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १ : ४८ बजे

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा