पाँच दशकपछि ‘परिवर्तन’ कै नाममा अर्को फिल्म बन्ने, शीर्ष भूमिकामा अञ्जना र सुशील फाइनल « Khabarhub

पाँच दशकपछि ‘परिवर्तन’ कै नाममा अर्को फिल्म बन्ने, शीर्ष भूमिकामा अञ्जना र सुशील फाइनल


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक विजय केरुङले नयाँँ फिल्म ‘परिवर्तन’ निर्माणको घोषणा गरेका छन् । उनले आइतबार नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइलीलाई शीर्ष भूमिकामा लिएर फिल्म बनाउने घोषणा गरेका हुन् ।

निर्देशक केरुङका अनुसार यो फिल्मको केन्द्रीय पात्र प्रहरी अफिसर हुन् । उसको व्यवसायिक निजी जीवनका उत्तारचढावको कथा पर्दामा उतार्ने निर्देशक केरुङकाे तयारी छ ।

साथै, फिल्ममा सीमा सुरक्षा, भ्रष्टाचारको सञ्जाल र आम सर्वसाधरणको पीडा पनि देखाइने उनले बताएका छन् ।

फिल्मका निर्माता दीपक सिवाकोटीले नै कथा लेखेका हुन् । पटकथा र संवाद भने शिवम अधिकारीले लेखेका हुन् । अधिकारीले यसअघि ‘सिलसिला’, ‘दशजगा’, ‘रावायण’ लगायतका दर्जनाैं फिल्म लेखेका थिए ।

पछिल्लो फिल्म ‘आउटलः दफा २१९’ बाट एक्स नायकका छवि बनाएका सुशीलले ‘परिवर्तन’ लाई विशेषरूपमा लिएका छन् । यो फिल्मले आफूलाई छुट्टै परिचय दिने उनको दाबी छ ।

यस फिल्ममा सुशील र अञ्जनासहित सुनील थापा, बुद्धि तामाङ, करिश्मा मानन्धरको समेत अभिनय रहने बताइएको छ ।

आगामी साताबाट फिल्मको छायाङ्कन सुरु गर्ने तयारीमा निर्देशक केरुङ रहेका छन् । पूर्वी नेपालमा छायाङ्कन हुने यस फिल्मलाई यही वर्ष प्रदर्शनमा ल्याउने तयारीमा उनी छन् ।

‘परिवर्तन’ शीर्षकमा यसअघि वि.सं २०२८ सालमा फिल्म बनेको थियो । जसको निर्देशक हिरासिंह खत्री थिए । दिव्यासी फिल्मको व्यानरमा पाँच दशकपछि केरुङले सोही नाममा फिल्म बनाउन लागेका हुन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १ : ४८ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,