फिल्म ‘महाभोज’ को प्रचार लाइन ‘सत्य कहिल्यै लुक्दैन’ शीर्षकमा सडक नाटक « Khabarhub

फिल्म ‘महाभोज’ को प्रचार लाइन ‘सत्य कहिल्यै लुक्दैन’ शीर्षकमा सडक नाटक


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’ प्रचारको क्रममा छ । दिनेश राउत निर्देशित मल्टिस्टारर फिल्मको प्रचारका लागि निर्माण पक्षले ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने लाइन प्रयोग गरेको छ ।

यो लाइन फिल्मको ट्रेलरमा पनि समावेश छ । यो लाइन भित्तामा लेखेको ट्रेलरको अन्तिममा देख्न सकिन्छ ।

निर्माण पक्षले यही शीर्षकका विभिन्न स्थानमा सडक नाटक देखाउने प्रचार रणनीति बनाएको छ । शनिबार गोंगबुमा सडक नाटक देखाइएको थियो ।

पहिलो पटक देखाइएको यो सडक नाटक हेर्न सयौंको संख्यामा दर्शक भेला भएका थिए । यो नाटकमा सहकारी पीडित र पीडकको कथा समेटिएको छ ।

फिल्मको मूल कथावस्तुसँग मेल खाने गरी तयार गरिएको यो नाटकको निर्देशक आकाश नेपाली हुन् । सरिता कठायतले लेखेको यो नाटकमा कलाकारहरू उनीसहित सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, र विनोद प्रकाश धामी छन् ।

निर्देशक राउतका अनुसार यो सडक नाटक फिल्म प्रदर्शन नहुञ्जेल राजधानीका विभिन्न स्थानमा देखाइनेछ ।

नाटक व्यवस्थापक ट्राइडेन्ट कन्सेप्टका रोलय भीमसेनका अनुसार फिल्म प्रचारका लागि नाटकको प्रयोग प्रभावकारी हुने भएकाले यो विधि अपनाइएको हो ।

यो फिल्म प्रदर्शनमा आउन चार दिन मात्रै बाँकी छ । फिल्ममा नायकहरू दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, नायिकाहरू मलिका महत, अञ्जना बराइली र गौमाया गुरुङ शीर्ष भूमिकामा छन् ।

क्लकवर्क क्रियसन र पिक्चर फ्रेमको सहकार्यमा बनेको यो फिल्मका निर्माता हिमाल कडरिया हुन् । विकास सुबेदी यसका लेखक हुन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : २० बजे

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा