‘सनअफ सरदार’ का भिलेन मुकुल देवको बिमार राखियो गोप्य ! को थिए उनी ? « Khabarhub

‘सनअफ सरदार’ का भिलेन मुकुल देवको बिमार राखियो गोप्य ! को थिए उनी ?


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित भारतीय कलाकार मुकुल देवको ५४ वर्षको उमेर निधन भएको छ । नयाँ दिल्लीस्थित एक अस्पतालमा गत शुक्रबार उनले प्राण त्यागेका हुन् ।

केही समयअघि स्वास्थ्य अवस्था बिग्रिएपछि उनी अस्पताल भर्ना भएका थिए । आईसीयूमा रहेर उपचार गराउने क्रममा उनको निधन भएको भारतीय मिडिया बलिउड टाइम्सले उल्लेख गरेको छ ।

मुकुलको परिवारले उनको मृत्युको कारक रहेको बिमार गोप्य राखेको छ । अस्पतालले पनि यसबारेमा कुनै धारणा सार्वजनिक गरेको छैन ।

को थिए मुकुल ?

मुकुल देव दिल्लीको एक पञ्जाबी परिवारमा जन्मिएका थिए । उनका बुवा हरि देव कौशल दिल्ली प्रहरीका सहायक प्रहरी आयुक्त थिए । उनका दाइ राहुल देव हुन् । राहुल बलिउडका चर्चित र व्यस्त खलनायक हुन् ।

मुकुलले सन् १९९६ मा टीभी सिरिज ‘मुमकिन’ बाट अभिनय यात्राको सुरुवात गरेका थिए । सोही वर्ष निर्देशक महेश भट्टको फिल्म ‘दस्तक’ मा अभियन गर्दै उनले ठूलो पर्दामा डेब्यू गरेका थिए । उनले हिन्दी, पञ्जाबी, साउथ इन्डियन फिल्महरूमा र सिरिजमा अभियन गरेका छन् । नायकका रूपमा फिल्ममा डेब्यू गरेका उनी पछिल्लो समय खलपात्रका रूपमा बढी चर्चित थिए ।

पाइलट बन्न मुकुलले इन्दिरा गान्धी एरोनटिक्स संस्थानबाट उड्डयनको अध्ययन गरेका थिए । तर, पढाइअनुसारको पेसा गरेनन् ।

अभिनयमा लागेर उनले आफूलाई स्थापित कलाकारका रूपमा उभ्याउन सफल भए । उनका चर्चित फिल्महरु ‘सनअफ सरदार’, ‘आर. राजकुमार’, ‘जय हो’ लगायत छन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ५ : ५९ बजे

चुनाव नजिकिँदै गर्दा संस्थापक नेताहरूले छाड्न थाले रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पक्षमा चुनावी लहर आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज– बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय ‘अण्डा’

अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर

टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि बनेपामा तनाव (तस्बिरहरू)

बनेपा– अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका