आर्थिक समृद्धिको आधार पर्यटन : मन्त्री पाण्डे « Khabarhub

आर्थिक समृद्धिको आधार पर्यटन : मन्त्री पाण्डे


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास र प्रवर्द्धनका लागि समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए।

गणतन्त्र दिवस-२०८२ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको आज यहाँ उद्‌घाटन गर्दै उनले पर्यटनका क्षेत्रबाट मुलुकमा समृद्धि हासिल हुनेगरी नीतिगत र संरचनागत सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याए । 

पर्यटनमन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै पर्वतीय पर्यटनको एकीकृत विकासलाई समन्वयात्मक किसिमले विकास गर्न जरुरी भएको बताए। विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको ब्रान्डिङ र प्रचारका लागि नीतिगत रुपमा अघि बढ्नुपर्ने अपरिहार्यता रहेको उल्लेख गरे। 

मन्त्री पाण्डेले भने, ‘नेपाल भौगोलिक, प्राकृतिक र अनुपम सांस्कृतिक विविधतायुक्त मात्रै नभई यहाँका अद्वितीय साहसिक गन्तव्यका रूपमा रहेका हिमालहरूको ‘ब्राण्डिङ’ गरेर विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य छ । प्रदर्शित तस्बिरले पर्यटन विकासका साथै नेपालमा केही भइरहेको छ, भन्ने सन्देश प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास लिएको छु ।’

नेपालमा अनुपम र अद्वित्तीय पर्यटकीय ठाउँहरू छन् । प्राकृतिक र भौगोलिक विविधताले सम्पन्न हाम्रा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षण गर्न सरोकार भएका निकाय र मन्त्रालयबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको उनले बताए।

मन्त्री पाण्डेले एकीकृत पर्यटन विकासका लागि अन्तरसरोकार भएका निकाय र मन्त्रालयबीच प्रभावकारी समन्वय जरुरी रहेको औँल्याए । उनले पर्यटकीय गन्तव्यको प्रवर्द्धन र पूर्वाधार विकासमा मन्त्रालयले विशेष योजना बनाएर अघि बढ्ने विश्वास व्यक्त गरे। 

मन्त्री पाण्डेले राससले समाचार सेवासहित तस्बिर प्रदर्शनी गरेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै पछिल्लो पटकको फोटो प्रदर्शनीले सरोकार भएका मन्त्रालय र निकायलाई सचेत गराएको बताए।

उनले भने, ‘राससले जिम्मेवारीपूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । जिम्मेवारी र गुणस्तर अभिवृद्धिमा काम गरेको पछिल्ला क्रियाकलापले पुष्टि गरेको छ, आगामी दिनमा थप प्रभावकारी समन्वय र सहकार्य गरेर अगाडि बढ्नु पर्ने आवश्यकता छ । फोटो प्रदर्शनीको सफलताको कामना व्यक्त गर्दछु ।’

यसअघि पर्यटनमन्त्री पाण्डेले फोटो प्रदर्शनीको अवलोकन गरे । नेपालका आठ हजार मिटर अग्ला र त्यो भन्दा होचा, चर्चामा रहेका हिमाल, हिमाली क्षेत्रको जनजीवन, पर्वतीय शृङ्खलामा पुगेका विदेशी उच्चपदस्थ व्यक्ति, पर्वतीय शृङ्खला, पहाडी क्षेत्रमा रहेका पर्वतीय गन्तव्य, ताल, पोखरीलगायत विषयमा खिचिएका तस्बिरलाई प्रदर्शनीमा राखिएका छन् । 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : ०८ बजे

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल