कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशन- काममा ढिलासुस्ती नगर्नुहोस् | Khabarhub Khabarhub

कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशन- काममा ढिलासुस्ती नगर्नुहोस्


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालय र मातहतका कर्मचारीको आज यहाँ बसेको बैठकमा उहाँले ढिलासुस्ती नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्ने सबैलाई निर्देशन दिएका हुन् । 

‘मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन् । कुनै पनि फाइल रोकिएर नागरिकले समस्या भोग्नु भएन, तीन दिनभित्र कुनैपनि फाइलको छिनोफानो हुनेगरि काम गर्नुहोस्’, मन्त्री खड्काले भने। उनले मन्त्रालयअन्तर्गतका निकायबाट उल्लेख्य प्रगति हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। 

कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरेमात्र हामीले लिएका लक्ष्य हासिल गर्न सहज हुने मन्त्रीको भनाइ छ । ‘कर्मचारीलाई स्थायी सरकार भन्छौँ, काम स्थायी देखिँदैन, आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गरौँ’, उनले भने। 

ऊर्जामन्त्री खड्काले मनसुन सुरु हुन लागेको भन्दै वर्षाबाट हुने जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई जनस्तरसम्म पुर्‍याउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिए । 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, मन्त्रालयका सहसचिवलगायत मातहत निकायका कर्मचारीको सहभागिता थियो । 

बैठकमा मन्त्रालय र मन्त्रालय मातहतका निकायको वैशाख मसान्तसम्म भएको भौतिक तथा वित्तीय प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो । 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : २५ बजे

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन

चरिकोट– पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले मुलुकमा वैज्ञानिक समाजवाद ल्याउन अझै पनि

संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका

‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्रसारण गरेबापत

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं– उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन

चैते धानको उचित मूल्य नपाएपछि किसान र मन्त्रीबीच छलफल

 काठमाडौं– किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो पछि कृषि