‘कान्स’मा आलियाको पहिरनको चर्चा « Khabarhub

‘कान्स’मा आलियाको पहिरनको चर्चा


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिका आलिया भट्ट यस संस्करणको कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी थिइन् ।

सामाजिक सञ्जालमा उनले कान्समा सहभागी हुँदा लगाएको पहिरनले चर्चा पाएको छ । मे २४ मा समापन समारोहमा लगाएको सारीले उनी चर्चामा आएकी हुन् ।

कान्सको कार्यक्रममा आलिया दुई पटक देखिएकी थिइन् । उनी पहिलो पटक गाउन र दोस्रो पटक सारीमा पुगेकी थिइन् ।

उनको सारीले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान खिचेको हो । उनले लगाएको यो साडीलाई फेसन समीक्षकहरुले प्रशंसा गरेका छन् ।

समीक्षकहरुले कान्सको रेड कार्पेटमा सारी ट्रेन्ड बढ्दै गएको अवस्थामा आलियाको उपस्थिति अझ विशेष बनेको बताएका हुन् ।

आलियाले लगाएको साडी महँगो ब्रान्ड गुच्चीले पहिलो पटक बनाएको हो । आलिया कान्समा जाने भएकाले गुच्चीले आफ्नो ब्रान्ड एम्बेस्डरका लागि उक्त सारी डिजाइन गरेको थियो ।

आलियाले लगाएको नेट सारीमा स्वारोवस्की क्रिस्टल जडित थियो ।

फेस्टिभलको पहिलो दिन आलियाले सफ्ट बेज पिङ्क रङको प्रिन्सेस लुकमा गाउन लगाएर सबैको ध्यान खिचेकी थिइन् ।
कान्समा उनको उपस्थितले विश्व समुदायको ध्यान खिच्न सफल भएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : ५० बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने