भीम रावल भन्छन् : गृहमन्त्रीले देशविरुद्ध कु-कर्म गरे, कारबाही हुनुपर्छ « Khabarhub

भीम रावल भन्छन् : गृहमन्त्रीले देशविरुद्ध कु-कर्म गरे, कारबाही हुनुपर्छ


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले रमेश लेखक गृहमन्त्रीमा रहेकै अवस्थामा भिजिट भिसा प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन हुन नसक्ने बताएका छन् ।

रावलले भिजिट भिसा प्रकरणलाई गम्भीर विषय भन्दै निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

‘गृहमन्त्रीमाथि समेत प्रश्न उठेको छ। निज गृहमन्त्री पदमा रहेर निष्पक्ष र स्वतन्त्र छानबिन हुनसक्ने स्थिति छैन। यति गम्भीर विषयमा निष्पक्ष र स्वतन्त्र छानबीन गरी दोषीलाई कडा कारबाही हुनुपर्छ । यति हदसम्म देशकाविरूद्ध कुकर्म गर्नसक्ने कस्तो सुशासन ?’, उनले प्रश्न गरेका छन् ।

कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीको प्रसंग जोड्दै भनेका छन्, ‘सुशासनको नक्कली गफको शासनमा कुशासनको श्रृंखलामा अर्को कृत्य । प्रदेशका गृहमन्त्रीले पैसा खाएर नेपाली युवालाई जापान लगे, विमानस्थलबाटै जापानले फर्काइदियो र नेपाल र नेपालीको बेइज्जत भयो । तर, गृहमन्त्रीलाई कारबाही भएन । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमनमा पैसा खाएर नेपालीलाई विदेश पठाउने गृहका सहसचिव पक्राउ पर्नुका साथै त्यसमा गृहमन्त्रीको सचिवालय संलग्न रहेको भन्ने छ ।’

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ५ : १५ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको