एमाले सचिवालय बैठकपछि जुटे दुई दलका शीर्ष नेता, गृहमन्त्री लेखक पनि सहभागी « Khabarhub

एमाले सचिवालय बैठकपछि जुटे दुई दलका शीर्ष नेता, गृहमन्त्री लेखक पनि सहभागी


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्यासलमा नेकपा एमालेको सचिवालय बैठक सकिएलगत्तै बालुवाटारमा दुई सत्तारुढ दलका नेता जुटेका छन् ।

यो बैठकमा भिजिट भिसा प्रकरणमा आफूले खटाएका कर्मचारी र सचिवालयकै सदस्यसमेत मुछिएपछि विवादमा परेका गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आसन एकै ठाउँ राखिएको छ ।

बैठकमा प्रधानमन्त्री, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् ।

उता कांग्रेसबाट सभापति देउवा, गृहमन्त्री लेखक, उपसभापति पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सहभागी छिन् । कृषिमन्त्री रामनाथ अधिकारी पनि बैठकमा छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बैठकमा देखिएका छैनन् ।

पछिल्लो समय मन्त्री लेखक भिजिट भिसा सेटिङमा मुछिँदा सरकारलाई घेराबन्दी भइरहेको छ । लेखकको राजीनामा मागिएको छ तर उनले कर्मचारीबाट बदमासी हुँदैमा राजीनामा नदिने अडान लिएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ५ : ५९ बजे

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ