एमाले सचिवालय बैठकपछि जुटे दुई दलका शीर्ष नेता, गृहमन्त्री लेखक पनि सहभागी « Khabarhub

एमाले सचिवालय बैठकपछि जुटे दुई दलका शीर्ष नेता, गृहमन्त्री लेखक पनि सहभागी


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्यासलमा नेकपा एमालेको सचिवालय बैठक सकिएलगत्तै बालुवाटारमा दुई सत्तारुढ दलका नेता जुटेका छन् ।

यो बैठकमा भिजिट भिसा प्रकरणमा आफूले खटाएका कर्मचारी र सचिवालयकै सदस्यसमेत मुछिएपछि विवादमा परेका गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आसन एकै ठाउँ राखिएको छ ।

बैठकमा प्रधानमन्त्री, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् ।

उता कांग्रेसबाट सभापति देउवा, गृहमन्त्री लेखक, उपसभापति पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सहभागी छिन् । कृषिमन्त्री रामनाथ अधिकारी पनि बैठकमा छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बैठकमा देखिएका छैनन् ।

पछिल्लो समय मन्त्री लेखक भिजिट भिसा सेटिङमा मुछिँदा सरकारलाई घेराबन्दी भइरहेको छ । लेखकको राजीनामा मागिएको छ तर उनले कर्मचारीबाट बदमासी हुँदैमा राजीनामा नदिने अडान लिएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ५ : ५९ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट