‘अर्हतभित्र बुद्धत्वको खोजीमा लेखक’ « Khabarhub

‘अर्हतभित्र बुद्धत्वको खोजीमा लेखक’


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बौद्ध दर्शनमा आधारित शैलेन्द्र अधिकारीको उपन्यास अर्हत्‍को परिसंवादमा वक्ताहरूले बुद्ध बुद्धत्वको खोजीमा निस्किए जस्तै लेखक बुद्धको खोजीमा निस्किएको बताएका छन्। 

शनिबार राजधानीमा भएको कार्यक्रममा बोल्दै समालोचक राजकुमार बानियाँले २०८१ सालमा प्रकाशित उपन्यास अर्हत अद्योपत पढ्नै पर्ने किताब रहेको उल्लेख गरे। 

त्यस्तै पत्रकार दीपक सापकोटाले बुद्धले आफ्नो जीवनमा तनाव पाएको र त्यसको बाबजुद उनले अर्हत् प्राप्त गरेको बताए।  बुद्ध के हो ? बुद्ध कसरी चिन्नुपर्छ भन्ने कुरा पुस्तकले देखाएको जिकिर गरे।

 उनले भने, ‘काँडाको बाटोमा फूल कसरी फुल्छ रु थाहा पाउन यो पुस्तक पढ्नैपर्छ। अन्य वक्ताहरू लेखक भुवनहरि सिग्देलले बुद्ध बनेर बुद्ध पात्र भएर लेख्दा भित्रै प्रवेश गर्नुपर्ने बताए। उनले थपे, ‘यो किताब बुद्धको आत्मकथा हो ।’

करिब एक दर्जन वक्ताहरूले पुस्तकमाथि आफ्नो पाठकीय धारणा व्यक्त गरेका थिए। पुस्तक समीक्षक अनिता कोइराला साधारण मान्छेको रुपमा बुद्धलाई प्रस्तुत गरेको र  पुस्तकले जीवन जिउने कला सिकाउने बताइन्। 

पुस्तक गत भदौमा शिखा बुक्सबाट प्रकाशनमा आएको हो। यसअगाडि अधिकारीका निर्वेद उपन्यास र बह्मास्त्र कथासङ्ग्रह प्रकाशित छन्।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : १५ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा