‘अर्हतभित्र बुद्धत्वको खोजीमा लेखक’ « Khabarhub

‘अर्हतभित्र बुद्धत्वको खोजीमा लेखक’


११ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बौद्ध दर्शनमा आधारित शैलेन्द्र अधिकारीको उपन्यास अर्हत्‍को परिसंवादमा वक्ताहरूले बुद्ध बुद्धत्वको खोजीमा निस्किए जस्तै लेखक बुद्धको खोजीमा निस्किएको बताएका छन्। 

शनिबार राजधानीमा भएको कार्यक्रममा बोल्दै समालोचक राजकुमार बानियाँले २०८१ सालमा प्रकाशित उपन्यास अर्हत अद्योपत पढ्नै पर्ने किताब रहेको उल्लेख गरे। 

त्यस्तै पत्रकार दीपक सापकोटाले बुद्धले आफ्नो जीवनमा तनाव पाएको र त्यसको बाबजुद उनले अर्हत् प्राप्त गरेको बताए।  बुद्ध के हो ? बुद्ध कसरी चिन्नुपर्छ भन्ने कुरा पुस्तकले देखाएको जिकिर गरे।

 उनले भने, ‘काँडाको बाटोमा फूल कसरी फुल्छ रु थाहा पाउन यो पुस्तक पढ्नैपर्छ। अन्य वक्ताहरू लेखक भुवनहरि सिग्देलले बुद्ध बनेर बुद्ध पात्र भएर लेख्दा भित्रै प्रवेश गर्नुपर्ने बताए। उनले थपे, ‘यो किताब बुद्धको आत्मकथा हो ।’

करिब एक दर्जन वक्ताहरूले पुस्तकमाथि आफ्नो पाठकीय धारणा व्यक्त गरेका थिए। पुस्तक समीक्षक अनिता कोइराला साधारण मान्छेको रुपमा बुद्धलाई प्रस्तुत गरेको र  पुस्तकले जीवन जिउने कला सिकाउने बताइन्। 

पुस्तक गत भदौमा शिखा बुक्सबाट प्रकाशनमा आएको हो। यसअगाडि अधिकारीका निर्वेद उपन्यास र बह्मास्त्र कथासङ्ग्रह प्रकाशित छन्।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ६ : १५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको