इटालीमा पाकिस्तानी मूलका मान्छेले चलाएको आपराधिक सञ्जाल ध्वस्त « Khabarhub

इटालीमा पाकिस्तानी मूलका मान्छेले चलाएको आपराधिक सञ्जाल ध्वस्त


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालियन प्रहरीले पाकिस्तानी मूलका व्यक्तिहरुले चलाएको आपराधिक सञ्जाल ध्वस्त पारेका छन् । उनीहरुले दक्षिण एशियाबाट युरोपतर्फ मानिसहरुलाई तस्करी गर्दै आएका थिए ।

उनीहरुले ‘बाल्कन रुट’ भनिने मार्गबाट आप्रवासीलाई युरोपेली युनियनमा प्रवेश गराउँदै आएको जनाइएको छ । उक्त आपराधिक गिरोहमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । उनीहरुमाथि मानव तस्करी, हिंसा, अपहरण, चन्दा अशुली र डकैतीको आरोप लगाइएको छ ।

इटालीको केन्द्रिय कारवाही सेवा र ट्रिएस्तका सुरक्षाकर्मीले स्लोभेनिया, क्रोएशिया र बोस्नियाका प्रहरीसँगको सहकार्यमा उक्त गिरोहविरुद्ध कारवाही चलाएका थिए । पछिल्लो समय दक्षिण एशियाबाट युरोपमा मानव तस्करीको घटना बढ्दै गएको अवस्थामा इटालीमा यस्तो कारवाही सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ९ : १६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा