काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई ऊर्जामन्त्री खड्काको निर्देशन « Khabarhub

काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई ऊर्जामन्त्री खड्काको निर्देशन


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

ऊर्जा मन्त्रालय र मातहतका उच्च कर्मचारीको आज मन्त्रालयमा बसेको बैठकमा उनले काममा अल्छीपन र ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् ।

“मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने कुरा आएको छ, तीन दिनभित्र कुनै पनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्”, मन्त्री खड्काले भने,“मन्त्रालयअन्तर्गतका निकायमा अझै पनि चित्तबुझ्दो प्रगति हासिल गर्न सकिएको छैन । यसमा गम्भीर भएर काम गरौँ ।”

कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरे मात्र हामीले लिएको लक्ष्य हासिल गर्न सहज हुने उनको भनाइ थियो । “कर्मचारी स्थायी सरकार भन्छौँ, काम स्थायी देखिँदैन, आफूले पाएको जिम्मेवारीलाई इमान्दारपूर्वक निर्वाह गरौँ”, मन्त्री खड्काले भने ।

उनले चाँडै नै बर्सात सुरुआत हुन लागेकाले यसबाट हुने जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई जनस्तरसम्म पु¥याउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिए ।

बैठकमा राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, मन्त्रालयका सहसचिवलगायत मातहतका निकायका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

बैठकमा मन्त्रालय र मन्त्रालय मातहतका निकायमा वैशाख मसान्तसम्म भएको भौतिक तथा वित्तीय प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : ४२ बजे

युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो

तेहरान- इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्न अमेरिका पुगेको छ।

ललितपुर महानगरमा जथाभावी पार्किङ, फोहोर फ्याँक्ने र बिरुवा भाँच्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन मिल्ने ‘ई-चलान’ सुरू

काठमाडौं– ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी

संसद्‍मा रोकिएन हर्कको विरोध (तस्बिरहरू)

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

एजेन्सी– विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय

अझै बनेन संसद् हल, सभामुखले जंगिँदै भने- दैनिक एक करोड जरिवाना तिराउँछौँ

काठमाडौं- सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको संसद्