मौद्रिक नीतिको समीक्षा : गभर्नर पौडेलले शेयरको जोखिमभार घटाए « Khabarhub

मौद्रिक नीतिको समीक्षा : गभर्नर पौडेलले शेयरको जोखिमभार घटाए


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा जारी गरेको छ । नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले कार्यभार सम्हालेसँगै जारी गरिएको समीक्षाले केही नीतिगत परिवर्तन समेत गरेको हो ।

मौद्रिक नीति समीक्षाले शेयर कर्जामा कायम रहेको १२५ प्रतिशत जोखिमभारलाई घटाएको छ । त्यस्तै, वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरूले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

राष्ट्र बैंकले अन्य नीतिगत व्यवस्थाहरूलाई भने यथावत राखेको छ । साथै ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’ र बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिने समीक्षामा उल्लेख छ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ८ : ०७ बजे

जैमिनीमा कृषि संकलन केन्द्र निर्माण

गलकोट – स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा

गस्तीमा सेनाको हेलिकप्टरले नपुग्दा अन्य कम्पनीको प्रयोग गरिने

काठमाडौं– सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि हेलिकप्टर गस्ती गर्दा सेनाको हेलिकप्टरले

मध्यपूर्व तनावको असर बलिउड–साउथ फिल्म बजारमा : यशको ‘टक्सिक’ जुनसम्म सर्‍यो

काठमाडौं– विश्वव्यापी रिलिजको तयारीमा रहेको दक्षिण भारतीय सुपरस्टार यश अभिनीत

डोल्पाको मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी, सेनाद्वारा उद्धार

काठमाडौं– उपल्लो डोल्पाको शे फोक्शुण्डो गाउँपालिका फोतगाउँस्थित दुर्गम मतदान केन्द्रमा

होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व