चैत १४ गते पूर्वराजा भेटेको स्वीकारेका प्रसाईंले तीनकुने घटनाको दोष राप्रपा नेता-कार्यकर्तालाई थोपरे « Khabarhub

चैत १४ गते पूर्वराजा भेटेको स्वीकारेका प्रसाईंले तीनकुने घटनाको दोष राप्रपा नेता-कार्यकर्तालाई थोपरे

रवीन्द्र र धवल शमशेरले भीडलाई उत्तेजित बनाएको जिकिर


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जाने गरी भएको राजावादीहरूको प्रदर्शनका मुख्य योजनाकारका रूपमा हिरासतमा रहेका दुर्गा प्रसाईंले भीडलाई नउकासेको बयान दिएका छन् ।

गत चैत २८ गते भारतको आसामबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले विभिन्न पाँचवटा अभियोग लगाएको छ ।

प्रसाईंले जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफ्नो जीवनकालमा पाँच पटक भेटेको बताएका छन् ।

प्रसाईंसहित ८ जनालाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा चलाइएको छ । त्यसैगरि राज्यविरुद्धको कसुरमा पनि प्रसाईंलाई मुद्दा चलाइएको छ ।

पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी भएको तीनकुनेको हिंसात्मक घटनामा सरकारी वकिलको कार्यालयले पेश गरेको अभियोग पत्रमा प्रसाईंले पूर्वराजासँग पटक पटक भेट भएको बताएका हुन् ।

उनले निजी सचिवमार्फत् चैत १४ गते राति पनि भेटेको स्वीकारेका छन् । चैत १४ गते राति निजी सचिव राजेश सिंहमार्फत् निर्मल निवास पुगेर आफूले करिब २ घण्टा संवाद गरेको पनि उनले उल्लेख गरेका छन् । पूर्वराजा शाहसँगको भेटपछि उनी राजावादी आन्दोलनका जनकमान्डर भएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले तीनकुने हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

उक्त घटनामा दुर्गा प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणालगायत पनि प्रतिवादी छन् । प्रसाईंमाथि राज्यविरुद्धको कसुरको अभियोगमा पनि छ । उनले उक्त अभियोगको दोष राप्रपा नेताहरूलाई दिएका छन् ।

तीनकुनेस्थित रहेको खुल्ला चौरमा शान्तिपूर्ण र्यक्रम गर्न आफैंले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएको पनि उनले बताएका छन् । प्रसाईंले निजी घरमा तोडफोड र आगजनी गर्ने र गर्न लगाउने कुरामा आफू संलग्न नरहेको बयान दिएका छन् ।

प्रसाईंले बयान घरमा आगजनी र तोडफोड गर्नेहरू सतिश न्यौपाने, गोकर्ण शाही, डण्डपाणि रेग्मी, तारा राजावादी भन्ने सरोज गौतम, हेमराज थारू, सन्तोष राजावादी भन्ने सन्तोष सिलवालसहित रहेको बयान दिएका छन् । उनले हुलभीडको समूहलाई आपराधिक कार्य गर्न उक्साउने र तोडफोड गर्न लगाउने सन्तोष सिलवाल र उनको समूह रहेको जिकिर गरेका छन् ।

प्रसाईंले मृतक पत्रकार सुरेश रजक र जाहेरवाला सुजन मगियासँग चिनजान, रिसइवी, लेनदेन र वादविवाद केही नरहेको बताएका छन् । उनले उनीहरूसँग कहिले नभेटेको पनि बताएका छन् । आफूले कसैलाई पनि उत्तेजित बनाई तोडफोड र आगजनी गर्न निर्देशन नदिएको बयान दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबरा र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका कारण भीड उत्तेजित भएको जिकिर उनको बयानमा गरिएको छ ।

‘म कार्यक्रमस्थलमा हुन्जेल तोडफोड र आगजनी भएको थिएन । म कार्यक्रमस्थलबाट ज्यान बचाउन सुरक्षित स्थलतर्फ हिँडेपछि सामाजिक सञ्जालमा पोस्ट् भएका भिडियो हेर्दा रवीन्द्र मिश्र, धवल शम्शेर जवरासहितको नेतृत्वमा संसद् कब्जा गर्ने भनेर हुलभीडलाई लिई बानेश्वरतर्फ जाँदा प्रहरीसँग झडप भएको हो । त्यसपछि उत्तेजित हुलभीडले तोडफोड र आगजनी गरेको जस्तो देखिन्छ, यसमा मेरो कुनै संलग्ता छैन ।’

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ८ : ०२ बजे

आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगमा दर्ता भएका

ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जले

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा आगलागी हुँदा चार

दोलखाकाे मिर्गेमा भालु आतंक, नियन्त्रण टोली खटाइँदै

दोलखा- पछिल्लो केही दिनदेखि दोलखाको वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा

डोलेश्वर, ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर– भक्तपुरको डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज छर्नेको

केपी ओलीलाई ईश्वर पोखरेलको सन्देश : एक्लिन तयार छु, अब पछि हट्दिनँ

काठमाडौं- २०७८ साल मंसिर १० गते चितवनमा भएको दशौँ महाधिवेशनबाट