इप्पान प्रतिनिधिले भेटे हितेन्द्रदेवलाई, ऊर्जा क्षेत्रका समस्याबारे ध्यानाकर्षण « Khabarhub

इप्पान प्रतिनिधिले भेटे हितेन्द्रदेवलाई, ऊर्जा क्षेत्रका समस्याबारे ध्यानाकर्षण


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वको टोलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेट गरेको छ ।

आइतबार भएको भेटमा इप्पान अध्यक्ष कार्कीले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको मार्गचित्र नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट पास भएर कार्यान्वयनमा गइसक्दा पनि मार्गचित्रमा समावेश भएका हाइड्रोलोजी पेनाल्टी हटाउने, आईआरआरको सिमा हटाउने लगायतका सबै बुँदा कार्यान्वयन नभएकोमा कार्यकारी निर्देशक शाक्यको ध्यानाकर्षण गराए ।

त्यस्तै निजी क्षेत्रका जलविद्युत आयोजनाको आरसीओडी म्याद थप गर्नुपर्ने, कन्टिन्जेन्सीको व्यवस्था खारेज गर्नुपर्ने, वर्षायाममा निजी आयोजनाको सबै विद्युत किन्ने व्यवस्था गर्नुपर्ने, टेक एण्ड पे पीपीए खारेज गर्नुपर्ने, प्रसारणलाइनको लस हटाउनुपर्ने लगायतका निजी क्षेत्रका सवालहरु उठाएका थिए ।

कार्यकारी निर्देशक शाक्यले प्रसारणलाइन निर्माणका लागि प्राधिकरणसँग पर्याप्त बजेट नभएकोले सरकारले बजेट सुनिश्चिततका गरे प्रसारणलाइनको सञ्जाल विकास गर्ने र त्यसमा निजी क्षेत्रलाई सहभागी गराउन निर्णय गर्नुपर्ने बताए ।

उक्त भेटमा इप्पानबाट अध्यक्ष कार्कीसहित वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष रामप्रसाद आचार्य, उपमहासचिव प्रकाश दुलाल, सचिव विक्रम बिष्ट, कार्यसमिति सदस्यद्वय शंकर बश्याल र सुमन जोशी, सल्लाहकार डा। आत्मराम घिमिरे र प्रमुख कार्यकारी अधिकृत भीम गौतम सहभागी थिए ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ८ : ५६ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन