इप्पान प्रतिनिधिले भेटे हितेन्द्रदेवलाई, ऊर्जा क्षेत्रका समस्याबारे ध्यानाकर्षण « Khabarhub

इप्पान प्रतिनिधिले भेटे हितेन्द्रदेवलाई, ऊर्जा क्षेत्रका समस्याबारे ध्यानाकर्षण


११ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वको टोलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेट गरेको छ ।

आइतबार भएको भेटमा इप्पान अध्यक्ष कार्कीले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको मार्गचित्र नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट पास भएर कार्यान्वयनमा गइसक्दा पनि मार्गचित्रमा समावेश भएका हाइड्रोलोजी पेनाल्टी हटाउने, आईआरआरको सिमा हटाउने लगायतका सबै बुँदा कार्यान्वयन नभएकोमा कार्यकारी निर्देशक शाक्यको ध्यानाकर्षण गराए ।

त्यस्तै निजी क्षेत्रका जलविद्युत आयोजनाको आरसीओडी म्याद थप गर्नुपर्ने, कन्टिन्जेन्सीको व्यवस्था खारेज गर्नुपर्ने, वर्षायाममा निजी आयोजनाको सबै विद्युत किन्ने व्यवस्था गर्नुपर्ने, टेक एण्ड पे पीपीए खारेज गर्नुपर्ने, प्रसारणलाइनको लस हटाउनुपर्ने लगायतका निजी क्षेत्रका सवालहरु उठाएका थिए ।

कार्यकारी निर्देशक शाक्यले प्रसारणलाइन निर्माणका लागि प्राधिकरणसँग पर्याप्त बजेट नभएकोले सरकारले बजेट सुनिश्चिततका गरे प्रसारणलाइनको सञ्जाल विकास गर्ने र त्यसमा निजी क्षेत्रलाई सहभागी गराउन निर्णय गर्नुपर्ने बताए ।

उक्त भेटमा इप्पानबाट अध्यक्ष कार्कीसहित वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष रामप्रसाद आचार्य, उपमहासचिव प्रकाश दुलाल, सचिव विक्रम बिष्ट, कार्यसमिति सदस्यद्वय शंकर बश्याल र सुमन जोशी, सल्लाहकार डा। आत्मराम घिमिरे र प्रमुख कार्यकारी अधिकृत भीम गौतम सहभागी थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ८ : ५६ बजे

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

चितवन– नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा

कोप–३१ मा न्याय र समृद्धिको मार्गचित्रसहित नेपालको प्रस्तुति हुनुपर्ने

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष