४०० करोडको फिल्म फ्लप भएपछि तेलुगु निर्माता राजु भन्छन्- 'फिल्म चल्न कथा नै चाहिन्छ' | Khabarhub Khabarhub

४०० करोडको फिल्म फ्लप भएपछि तेलुगु निर्माता राजु भन्छन्- ‘फिल्म चल्न कथा नै चाहिन्छ’


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत जनवरीमा तेलगु फिल्म ‘गेम चेन्जर’ प्रदर्शनमा आएको थियो । यो फिल्मको लगानी ४०० करोड बताइएको थियो ।

यस फिल्ममा राम चरण र बलिउड नायिका कियारा अडवाणी शीर्ष भूमिकामा थिए । यो फिल्मले बक्स अफिसमा डिजास्टर साबित भयो ।

यो फिल्मको लाइफटाइम ग्रस कलेक्सन १६० करोड हाराहारी मात्रै छ ।

यो फिल्म असफलतबारे निर्माता दिल राजुले मिडियामा खुलेर बोलेका छन् । द टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले रोचक कुरा पनि सेयर गरेका छन् ।

सुरुमै उनले फिल्मको व्यापार डिजास्टर भएको स्वीकार गरेका छन् ।

यो फिल्म सम्पादनको क्रममा तनाव भएको उनको भनाइ छ । उनले भने, ‘यो फिल्म फुटेज ७ घण्टाको निस्कियो । जसलाई तीन घण्टामा झार्नु थियो । निर्देशक एस शंकर भिडियो सम्पादकमाथि हाबी बन्दा झन् समस्या भयो ।’

अर्थात्, उनी निर्देशकको काम प्रति असन्तुष्ट देखिएका छन् । अनावश्यक फुटेज खिच्दा बढी खर्च निस्किएको उनको आशय छ ।

थप दर्शकलाई हलमा तान्न फिल्मको ग्रस कलेक्स बढाएर झुटो प्रचारसमेत भएको उनले स्वीकार गरेका छन् । यसलाई उनले आफूहरुको कमजोरी मान्छन् ।

उनले भने, ‘फिल्मको पहिलो दिनको व्यापार १०० करोडले बढाइएको थियो ।’

निर्धारित समयभन्दा ढिला फिल्म तयार भएकाले समेत केही घाटा थप व्यहोर्नु परेको राजुले बताए ।

उनले भने, ‘कलाकारहरु सेयरमा थिए । निर्माण ढिला भएपछि उनीहरुले निश्चित पारिश्रमिक मागे । यसले झन् घाटाको रकम बढ्यो ।’

यो फिल्मबाट आफूले दुई कुरा मुख्य रुपमा सिकेको राजुले बताए । उनले भने, ‘स्टार कलाकार र खर्चिलो निर्देशक मात्र भए पुग्दैन रहेछ । कथा नै बलियो हुनुपर्ने रहेछ ।’

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ४३ बजे

जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको

पार्टीको वर्तमान मर्म बुझेर धैर्यता राख्नुहोस् : कावा सभापति खड्का

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको

निर्वाचनको विकल्प छैन : उपेन्द्र यादव

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

विद्युत् बिस्तारको क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु

महोत्तरी– विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको