इरानको आणविक केन्द्र नष्ट नभएको अमेरिकी सेनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक ! « Khabarhub

इरानको आणविक केन्द्र नष्ट नभएको अमेरिकी सेनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक !


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

इरान – इरानको आणविक केन्द्रमा भएको अमेरिकी आक्रमणका कारण त्यहाँको आणविक कार्यक्रम नष्ट नभएको प्रारम्भिक गुप्तचर मूल्याङ्कनले जनाएको छ। रिपोर्ट अनुसार त्यहाँको संरचना एक महिनामा फेरि तयार हुन सक्छ।

अमेरिकी सेनाको पेन्टागनको सुरक्षा इन्टलिजेन्सको रिपोर्ट सिबिसी लगायत अन्य सञ्चार माध्यममा बाहिरिएको हो।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यालोलिन लेभिटले यसलाई अमेरिकी गुप्तचर निकाय र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असफल बनाउन गरिएको गलत प्रयास भनेकी छन् । उनले सामाजिक सञ्जालको पोस्टमा आफ्नो धारणा सार्वजनिक गर्दै यो रिपोर्ट गलत भएको दाबी गरेकी हुन् ।

‘हजारौँ पाउन्ड बम निसानमा नै प्रहार हुँदा के हुन्छ। त्यो सबैले बुझ्ने कुरा हो’, लेभिटले सामाजिक सञ्जालमा लेखेकी छन्।

रिपोर्ट सार्वजनिक भएको भनिउको प्रारम्भिक मूल्याङ्कन अनुसार फोर्डोको केन्द्रको मुखमा प्रहार भएको तथा सो हतियार गुफाको भित्री भागमा एकदमै गहिराइसम्म रहेको जनाइएको छ। सिबिसीले सार्वजनिक भएको भनेको रिपोर्ट र लेभिटको भनाइ भने बाँझिएको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ५ : ५३ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ