इरान-इजरायल युद्धविरामपछि टर्किस राष्ट्रपतिले भेटे ट्रम्पलाई « Khabarhub

इरान-इजरायल युद्धविरामपछि टर्किस राष्ट्रपतिले भेटे ट्रम्पलाई


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

हेग – टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले नेदरल्यान्ड्सको हेगमा भएको नेटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्। उनले उक्त भेटमा इजरायल र इरानबीच युद्धविराम सुनिश्चित गराएकोमा ट्रम्पको प्रशंसा गरेका छन्।

‘अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयासमा इजरायल र इरानबीच भएको युद्धविरामलाई स्वागत गर्दै राष्ट्रपति एर्दोआनले यो युद्धविराम दीर्घकालीन होस् भन्ने आशा व्यक्त गरे’, टर्की सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

एर्दोआनले गाजामा जारी संकट अन्त्यको पहल गर्न पनि भनेका छन्। ‘राष्ट्रपति एर्दोआनले गाजामा जारी मानवीय संकट अन्त्य गर्न तथा रुस र युक्रेनबीचको युद्धको शान्तिपूर्ण समाधान खोज्न नजिकको संवाद आवश्यक रहेकोमा जोड दिए’, वक्तव्यमा भनिएको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ४६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ