इजरायली आक्रमणमा मारिए १४ इरानी वैज्ञानिक, आणविक कार्यक्रमलाई धक्का ! « Khabarhub

इजरायली आक्रमणमा मारिए १४ इरानी वैज्ञानिक, आणविक कार्यक्रमलाई धक्का !


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ – इजरायलले इरानका कम्तीमा १४ जना परमाणु वैज्ञानिकको हत्या गरेको खुलेको छ। एसोसिएटेड प्रेस (एपी) समाचार एजेन्सीका अनुसार १२ दिन लामो युद्धका क्रममा इजरायलले १४ जना इरानी वैज्ञानिकको ज्यान लिएको हो।

इरानले ती वैज्ञानिकमाथि लक्षित आक्रमण गरेर हत्या गरेको एपीले उल्लेख गरेको छ। मारिएका ती वैज्ञानिकमा रसायनशास्त्री, भौतिकशास्त्री र इन्जिनियर समेत छन्।

एपीका अनुसार यो दाबी फ्रान्सस्थित इजरायली राजदूत जोशुआ जार्काले गरेका हुन्। जार्काका अनुसार यी हत्या घटनाले इरानको बाँकी रहेको आणविक पूर्वाधार तथा सामग्री प्रयोग गरेर हतियार निर्माण गर्न ‘लगभग असम्भव’ बनाइदिएको छ।

‘पूरै समूह नै सकिनुको अर्थ के हो भने यो कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलिएको छ’, जार्काले भनेका छन्।

एपीका अनुसार जार्काले सोमबार त्यसबारे बताएका हुन्। त्यसको भोलिपल्ट मंगलबार, इरानी टेलिभिजनले आणविक वैज्ञानिक मोहम्मद रेजा सेदिघी साबेर इजरायली आक्रमणमा मारिएको पुष्टि गरेको छ।

इरानको आणविक केन्द्र रहेको भनिएको क्षेत्र।

उनी जुन १३ मा भएको हमलामा घाइते भएका थिए, जसमा उनका १७ वर्षीय छोराको मृत्यु भएको थियो।

जार्काको दाबीका बाबजुद विश्लेषकले भन्छन्, ‘इरानसँग अझै अन्य वैज्ञानिक रहेका जनाएका छन्। ती वैज्ञानिकले मारिएका व्यक्तिको स्थान लिन सक्छन्। यी हत्याका घटनाले इरानको आणविक कार्यक्रमलाई केही समयका लागि ढिलो अघि बढाउन सक्छ, तर उसले आफ्नो कार्यक्रमलाई पूरै बन्द नगर्ने बताइसकेको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ८ : २९ बजे

विश्वकप फुटबल: न्युजिल्यान्ड र इरानबीचको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को