इजरायली आक्रमणमा मारिए १४ इरानी वैज्ञानिक, आणविक कार्यक्रमलाई धक्का ! « Khabarhub

इजरायली आक्रमणमा मारिए १४ इरानी वैज्ञानिक, आणविक कार्यक्रमलाई धक्का !


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ – इजरायलले इरानका कम्तीमा १४ जना परमाणु वैज्ञानिकको हत्या गरेको खुलेको छ। एसोसिएटेड प्रेस (एपी) समाचार एजेन्सीका अनुसार १२ दिन लामो युद्धका क्रममा इजरायलले १४ जना इरानी वैज्ञानिकको ज्यान लिएको हो।

इरानले ती वैज्ञानिकमाथि लक्षित आक्रमण गरेर हत्या गरेको एपीले उल्लेख गरेको छ। मारिएका ती वैज्ञानिकमा रसायनशास्त्री, भौतिकशास्त्री र इन्जिनियर समेत छन्।

एपीका अनुसार यो दाबी फ्रान्सस्थित इजरायली राजदूत जोशुआ जार्काले गरेका हुन्। जार्काका अनुसार यी हत्या घटनाले इरानको बाँकी रहेको आणविक पूर्वाधार तथा सामग्री प्रयोग गरेर हतियार निर्माण गर्न ‘लगभग असम्भव’ बनाइदिएको छ।

‘पूरै समूह नै सकिनुको अर्थ के हो भने यो कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलिएको छ’, जार्काले भनेका छन्।

एपीका अनुसार जार्काले सोमबार त्यसबारे बताएका हुन्। त्यसको भोलिपल्ट मंगलबार, इरानी टेलिभिजनले आणविक वैज्ञानिक मोहम्मद रेजा सेदिघी साबेर इजरायली आक्रमणमा मारिएको पुष्टि गरेको छ।

इरानको आणविक केन्द्र रहेको भनिएको क्षेत्र।

उनी जुन १३ मा भएको हमलामा घाइते भएका थिए, जसमा उनका १७ वर्षीय छोराको मृत्यु भएको थियो।

जार्काको दाबीका बाबजुद विश्लेषकले भन्छन्, ‘इरानसँग अझै अन्य वैज्ञानिक रहेका जनाएका छन्। ती वैज्ञानिकले मारिएका व्यक्तिको स्थान लिन सक्छन्। यी हत्याका घटनाले इरानको आणविक कार्यक्रमलाई केही समयका लागि ढिलो अघि बढाउन सक्छ, तर उसले आफ्नो कार्यक्रमलाई पूरै बन्द नगर्ने बताइसकेको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ८ : २९ बजे

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने