गाजामा एकैदिन सातजना इजरायली सैनिक मारिए « Khabarhub

गाजामा एकैदिन सातजना इजरायली सैनिक मारिए


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजाक्षेत्रमा जारी कारबाहीका क्रममा सातजना इजरायली सेना मारिएका छन्। इजरायली सेनाले गाजामा मारिएका आफ्ना सातजना सैनिकको विवरण बुधबार सार्वजनिक गरेको छ।

उनीहरू सबै १९ देखि २१ वर्ष उमेर समूहका थिए। मृतक सबै ६०५औँ इन्जिनियरिङ ब्याटालियनका सदस्य रहेका खुलेको छ।

मंगलबार भएको घटनामा मारिएका एक सैनिकको नाम अझै सार्वजनिक गरिएको छैन, परिवारलाई सूचना दिन बाँकी रहेकोले उनको नाम सार्वजनिक नगरिएको हो।

उक्त बटालियनका अर्का एक सैनिक गम्भीर घाइते छन्। उनलाई इजरायल फर्काएर उपचार भइरहेको आईडीएफले जनाएको छ।

इजरायली सेनाका अनुसार, गाजाको खान युनुस क्षेत्रमा कार्यरत एक युद्ध इन्जिनियरिङ टोलीका सदस्य मारिएका हुन्। उनीहरू चढेको बख्तरबन्द गाडीमा बिछ्याइएको विस्फोटक विस्फोट हुँदा घटनास्थलमै ज्यान गएको हो।

सुरक्षास्रोतका अनुसार, प्यालेस्टिनी लडाकुले पहिले एक एम्बुस राखेर इजरायली फौजलाई लक्षित गरेका थिए। त्यसपछि उद्दारका लागि पठाइएको दोस्रो टोलीलाई लक्षित गर्दै अर्को घात गरिएको थियो।

घाइते सैनिकलाई तेल अभिभस्थित अस्पतालमा पुर्‍याइएको छ। इजरायली सञ्चारमाध्यमले जनाएअनुसार, लडाकुले सैन्य गाडीलाई लक्षित गरेपछि आगो लागेको थियो।

यो घटना गाजाको दक्षिण र उत्तर दुवै क्षेत्रमा इजरायली सेनामाथि भइरहेको प्यालेस्टिनी प्रतिरोधका आक्रमणमध्ये पछिल्लो घटना हो।

यसअघि हमासको सैन्य शाखा अल-कस्साम ब्रिगेड्सले विज्ञप्ति जारी गर्दै उत्तरी गाजाको जबालियामा उनीहरूको कारबाहीमा तीन इजरायली सैनिक मारिएको दाबी गरेका थिए।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ९ : ५१ बजे

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – उपरथीमा विशेष बढुवा हुनुभएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

एमालेमा विधान महाधिवेशनमा पारित विधानकै आधारमा नयाँ नेतृत्व चयन गरिने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत

एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना

काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। यो

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार

एमालेको विधान संशोधन प्रस्ताव रोकियो, १०८ जना प्रतिनिधि भने मनोनयन

काठमाडौँ– नेकपा एमालेले विधान संशोधनको प्रक्रिया तत्काललाई रोक्ने निर्णय गरेको