कालिञ्चाेक गाउँपालिकाको आगामी बजेट ६५ करोड ७६ लाख « Khabarhub

कालिञ्चाेक गाउँपालिकाको आगामी बजेट ६५ करोड ७६ लाख


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको कालिञ्चाेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार  बसेको गाउँ सभाको १५ औँ अधिवेशनमा उपाध्यक्ष कुल बहादुर बुढाथोकीले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा प्रस्तावित बजेट सार्वजनिक गरेका थिए । 

उपाध्यक्ष बुढाथोकीलेले  आगामी आर्थिक वर्षको लागि संघ तर्फको ४२ करोड ११ लाख, प्रदेश सरकार अन्तर्गतको ८ करोड ३९ लाख ८८ हजार, वित्तीय समानीकरण अनुदान तर्फ १२ करोड ५५ लाख, सशर्त अनुदान चालु तर्फ २७ करोड ५३ लाख, सशर्त अनुदान पुँजीगत तर्फ ३१ लाख, समपूरक अनुदान तर्फ १ करोड ४० लाख र विशेष अनुदान तर्फ ६८ लाख बजेट विनियोजन भएको जानकारी दिए ।

त्यसै गरी बागमती प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान १ करोड ३० लाख, सशर्त अनुदान चालु तर्फ २ करोड ७५ लाख, सशर्त अनुदान पुँजीगत तर्फ ६५ लाख, समपूरक अनुदान तर्फ ३ करोड ४२ लाख र विशेष अनुदान तर्फ ७५ लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।

यस्तै राजस्व बाँडफाँड संघिय सरकारतर्फ अनुमानित ९ करोड, प्रदेश सरकारतर्फ अनुमानित ३ करोड ४० लाख, स्थानीय राजस्व बाँडफाँड तर्फ ४८ लाख, आन्तरिक राजस्व तर्फ ३८ लाख र अन्य तर्फ २ करोड गरी जम्मा ६५ करोड ७६ लाख ८८ हजार बजेट सभामा प्रस्तुत भएको कालिञ्चाेक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले जानकारी दिए ।

यस अघि पालिकाको सूचना शाखाले प्राविधिक समस्याको कारण प्रस्तावित बजेटको सन्दर्भमा अपुष्ट सूचना दिए पनि पालिकाले ९ गते सोमबार नै वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट गाउँ सभामा पेस भएको बताए । साथै सभाले वार्षिक बजेट तथा कार्यक्रम सहितको विनियोजन विधेयक प्रस्ताव गरेको छ। –सुबाश बस्नेत/दोलखा

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ११ : ४० बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर