रिपोर्ट भन्छ : इजरायलसँग हतियार अभाव, इरानमा जासुसी गर्ने तीनजनालाई झुन्ड्याइयो « Khabarhub

रिपोर्ट भन्छ : इजरायलसँग हतियार अभाव, इरानमा जासुसी गर्ने तीनजनालाई झुन्ड्याइयो


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानसँग १२ दिनसम्म चलेको युद्धपछि इजरायली सेनासँग केही महत्वपूर्ण हतियारहरू अभाव भएको रिपोर्ट सार्वजनिक भएको छ।

अमेरिकी समाचार संस्था एनबीसी न्यूजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो खुलासा गरेको हो।

रिपोर्टअनुसार इजरायलसँग विशेषगरी गोला–बारुदको अभाव भइरहेको छ। तर, इजरायली सरकारले अहिलेसम्म यस रिपोर्टबारे प्रतिक्रिया दिएको छैन।

दुईजना अमेरिकी अधिकारीहरूका अनुसार इजरायल विशेषगरी ठूला हतियार अभावको अवस्थामा पुगेको हो ।

यो अवस्था तब देखिएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम जारी छ । यद्यपि, परिस्थिति संवेदनशील रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताउँदै आएका छन्।

उता संयुक्त राज्य अमेरिका हरेक वर्ष अरबौँ डलर बराबरको सैन्य सहायता इजरायललाई उपलब्ध गराउँदै आएको छ।

इजरायलले जुन १३ मा सुरु गरेको सैन्य कारबाहीपछि इरानबाट आएको क्षेप्यास्त्र रोक्न अमेरिकाले प्राविधिक सहयोग दिएको रिपोर्टहरूमा उल्लेख गरिएको छ।

तीनजनालाई फाँसी

उता इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा तीनजनालाई झुन्ड्याएको छ ।

इरानी न्यायपालिकासँग सम्बन्धित एक समाचार संस्थाका अनुसार इजरायलको गुप्तचर एजेन्सी मोसादका लागि जासुसी गरेको आरोपमा तीन तीनजना इरानी नागरिकलाई बुधबार बिहान फाँसी दिइएको छ।

तीनै जना अभियुक्तहरूलाई इरानको उत्तरपश्चिममा पर्ने उरमिया कारागारमा फाँसी दिइएको हो, जुन क्षेत्र टर्कीको सीमा नजिक पर्छ। समाचार संस्था मिजान अनलाइनका अनुसार, उनीहरूले ‘मदिराको सामानको रूपमा लुकाएर मानिसको हत्या गर्न प्रयोग हुने उपकरणहरू’ देशभित्र भित्र्याएको आरोप छ।

रिपोर्टमा अभियुक्तहरू कहिले पक्राउ परेका थिए भन्ने खुलाइएको छैन, तर उनीहरूलाई ‘ईश्वरविरुद्ध युद्ध छेडेको’ र ‘इजरायलसँग मिलेर पृथ्वीमा भ्रष्टाचार फैलाएको’ अभियोगमा मृत्युदण्ड दिइएको उल्लेख छ।

१३ जुनदेखि इरानले जासुसीको आरोपमा कम्तीमा तीनजनालाई फाँसी दिइसकेको छ ।

१३ जुनमा इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेपछि जासुसीको आरोपमा मृत्युदण्ड दिइएको तेस्रोपटक हो। यसअघि पनि इरानले केही दिनको अन्तरालमा यस्ता आरोपमा फाँसी दिएको थियो।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १ : ०६ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली