विशेष अदालतमा माधव नेपालको बयान सकियो, थुनछेक बहस हुँदै « Khabarhub

विशेष अदालतमा माधव नेपालको बयान सकियो, थुनछेक बहस हुँदै


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको बयान सकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको साँगास्थित पतञ्जलती योग पीठको जग्गा बिक्री प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो ।

सरकारी जग्गा बिक्री प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल बुधबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका हुन् ।

बिहान अदालत खुल्नेबित्तिकै पुगेका नेपालको बयान सकिएको छ । अब चिया समयपछि उनीविरुद्धको मुद्दामा थुनछेक बहस अघि बढ्दैछ ।

नेपाललले विशेषका न्यायाधीशहरू तेज नारायणसिंह राई, रामबहादुर थापा र बिदुर कोइरालाको संयुक्त इजलासमा बयान दिएका हुन् ।

उक्त क्रममा नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी र खम्मबहादुर खातीलगायतले बहस गर्दै छन् ।

अख्तियार पतञ्जलिको जग्गा बिक्री प्रकरणमा गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले नेता नेपालबाट १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको थियो । त्यसपछि उनी प्रतिनिधिसभाको सदस्यबाट निलम्बित अवस्थामा छन् ।

०६६ सालमा नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलिका नाममा हदबन्दीभन्दा बढी जग्गा साटफेर गर्न दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।

हदबन्दीभन्दा बढी जग्गा खरिद-बिक्री गर्न दिई सरकारी-सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  २ : ४८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले