सङ्घीयता कार्यान्वयनमा आवश्यक कानून निर्माण गर्न सरकार गम्भीर : गृहमन्त्री | Khabarhub Khabarhub

सङ्घीयता कार्यान्वयनमा आवश्यक कानून निर्माण गर्न सरकार गम्भीर : गृहमन्त्री


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलका क्रममा गृहमन्त्री लेखकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकारको तर्फबाट कुनै ढिलाई हुन नसक्ने बताए । 

उनले प्रहरी प्रशासनको नीतिगत कानुनी र संरचनागत परिमार्जनका लागि ल्याइएको प्रहरी सम्बन्धी विधेयक सरकारको प्राथमिकतामा रहेको बताए ।

लेखकले यही महिनाभित्र विधेयकलाई टुङ्गाएर सदनमा लैजाने अवस्था बनाउन समितिलाई आग्रह गरे । विधेयकका सन्दर्भमा समितिमा भएको छलफल र निष्कर्षलाई सरकारले स्वीकार गर्ने उनले बताए । मन्त्री लेखकले नागरिकतासम्बन्धी विधेयक पनि छिटै पारित हुने उल्लेख गरे ।

बैठकमा समिति सदस्यहरूले प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ३ : ३७ बजे

दाङका भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

देउखुरी– दाङमा भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण

एमालेको विधान महाधिवेशन भदौमै, तीनवटा दस्तावेज प्रस्तुत गरिने

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले दोस्रो विधान महाधिवेशनमा ललितपुरको गोदावरीस्थित

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिमा ५५ जनाले दिए आवेदन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्तर्गतका चार वटा स्वास्थ्य

एमालेको निष्कर्ष- सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी, सडकको विरोध पनि मत्थर भयो

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको