गाजामा सहायताको पर्खाइमा रहेका २० जनाको मृत्यु | Khabarhub Khabarhub

गाजामा सहायताको पर्खाइमा रहेका २० जनाको मृत्यु


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न सहायता संकलन गर्न पर्खिरहेका छ जनासहित २० जनाको मृत्यु भएको बुधबार गाजाको प्रहरीले जनाएको छ ।

गाजामा सहायता वितरण स्थलहरू नजिकका घातक घटनाहरूलाई संकेत गर्दै ‘खानाको हतियारिकरण’ भएको भन्दै संयुक्त राष्ट्र सङ्ंघले निन्दा गरको छ । गाजामा अमेरिका र इजरायल समर्थित फाउन्डेसनले स्थापित मानवीय संस्थाहरूलाई धेरै हदसम्म प्रतिस्थापन गरेको छ ।

मध्य गाजामा सहायताको प्रतीक्षामा रहेका हजारौं सर्वसाधारणको भीडमा इजरायली सेनाले गोली चलाउँदा खाद्यान्न तथा आर्थिक सहायताको पर्खाइमा रहेका छ जनाको मृत्यु भएको र अन्य  ३० जना घाइते भएको बताएका छन्। प्यालेस्टिनीहरू हरेक रात खाद्यान्न संकलन गर्ने आशामा सहायता आउने बाटो र चोकमा भेला हुने गर्छन । 

निजी रूपमा सञ्चालित सहायता समूह गाजा ‘ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ)’ मा मङ्गलबार सहायता खोज्न आउनेको भीड बढेको थियो । 

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय निकाय युएनआरडब्लुएले अमेरिका र इजरायली समर्थित प्रणालीलाई घृणित भनेको छ यसले प्यालेस्टिनीहरूको जीवनलाई जोखिममा पारेको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयको गाजास्थित शाखा थामिन अल खितानका प्रवक्तालेसमेत यस क्षेत्रमा खानाको हतियारकरण को निन्दा गरेका छन् । 

मे महिनामा सहायता प्रतिबन्धमा केही खुकुलो पारिए पनि इजरायलले प्रतिबन्धहरू जारी राखेको छ ।

हमासको स्वास्थ्य मन्त्रालयले मे महिनाको अन्त्यदेखि अहिलेसम्ममा आपूर्ति खोज्ने सहायता केन्द्रहरू नजिकै ५०० भन्दा बढी मानिस मारिएको बताएको छ । मङ्गलबार इजरायली सेनाले सहायताको प्रतीक्षामा रहेका ४६ जनाको हत्या गरेको नागरिक सुरक्षार्थ बनाइएको गाजाको एक निकायले जनाएको छ ।

जीएचएफले भने आफ्नो सहायता केन्द्र नजिकैको मृत्युको जिम्मेवारी अस्वीकार गरेको छ । प्रवक्ता बासलले मध्य र उत्तरी गाजामा बुधबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको बताएका छन् ।  

मध्य नुसिरात शरणार्थी शिविरमा भएको आक्रमणमा एक बच्चासहित छ जनाको मृत्यु भएको र डेर अल–बलाह र गाजा सहरको पूर्वमा दुईवटा छुट्टै आक्रमणमा अन्य आठ जनाको मृत्यु भएको उनले बताए। 
 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ४ : ४७ बजे

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ

पोखरा– सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो

एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, जनताको विश्वास बढ्दै गएको छ

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान