हुलाक सेवालाई विश्वसनीय र द्रुत बनाए राजस्व बढ्छ : मन्त्री गुरुङ « Khabarhub

हुलाक सेवालाई विश्वसनीय र द्रुत बनाए राजस्व बढ्छ : मन्त्री गुरुङ


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई विश्वसनीय, भरपर्दो र द्रुत बनाउन सके राजस्व बढाउन सकिने धारणा व्यक्त गरेका छन्  । 

हुलाक सेवा विभागले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षासम्बन्धी अन्तरक्रियामा मन्त्री गुरुङले आधुनिक र स्मार्ट हुलाक बनाउन नयाँ ऐनको आवश्यकता औँल्याए  । ‘हुलाकलाई आधुनिक बनाउन मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको छ, आधुनिक हुलाक निर्माणका लागि नीति निर्माण अन्तिम चरणमा छ’, उनले भने । 

उनले कर्मचारीको क्षमता वृद्धिमा पनि सुझाव दिए । ‘हामी यसै वर्ष हुलाक ऐन ल्याउँछौँ, स्थानीय हुलाक संरचनालाई अझै प्रभावकारी बनाउने योजनाका साथ काम भइरहेको छ, यसका लागि कर्मचारीहरूको भरपुर सहयोग र साथ चाहिन्छ’, उनले भने । 

मन्त्री गुरुङले यस वर्षभित्र स्थानीय तहका हुलाक कार्यालयमा कम्तीमा एउटा मोटरबाइक उपलब्ध गराउने समेत उल्लेख गरे । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट हुलाकका लागि पर्याप्त बजेट विनियोजन नभए पनि आवश्यकताका आधारमा बजेट थप गर्न र अन्य स्रोत जुटाउन आफूले सक्दो प्रयास गरेको उनको भनाइ थियो । 

कार्यक्रममा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालय हुलाक सेवाको वृद्धि र विकासका लागि सधै सकारात्मक रहेको बताउँदै हुलाकलाई इकर्मशमा जोड्ने प्रयत्न रहेको बताए । हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवालाई जनताको घरदैलोसम्म पुर्‍याउन स्थानीय तहसँग सहकार्य गर्दै आएको बताइन् । –रासस
 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ५ : ०६ बजे

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा