अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रको सुझाव « Khabarhub

अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रको सुझाव


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योगी व्यवसायीहरूले अर्थतन्त्र चलायमान बनाउने र बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् ।  

मोरङ उद्योग वाणिज्य संघले बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने र बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने प्रकारको आउनुपर्ने माग गरेका हुन् ।

उद्योगी व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थामा नगद मौज्दात थुप्रिँदै गएको र बजार चलायमान हुन नसकेको अवस्थामा चालू पुँजी कर्जा सीमालाई ६० प्रतिशत बढाउनुपर्ने व्यवसायीहरूको माग छ । 

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले जनताको क्रयशक्ति बढाउन सरकारको पुँजीगत खर्च बढाउनुपर्ने र बजारमा प्रशस्तै पैसा आउने औद्योगिक वातावरण निर्माणका लागि मौद्रिक नीति केन्द्रित हुनुपर्ने धारणा राखे ।  

उद्योगी व्यवसायीहरूले मौद्रिक नीति थप व्यवहारिक र उदार हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनीहरूले घरजग्गा कारोबारलाई थप चलायमान बनाउन मुल्यांकनको सीमा ७० प्रतिशत सम्म पुर्‍याउन माग गरेका छन् । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा करिब ६ सय ५० वटा साना ठूला उद्योगहरू सञ्चालनमा रहेकोमा बजारको मागका कारण ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ५ : २२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले