आउने भयो ‘बिग बोस सिजन १९’ « Khabarhub

आउने भयो ‘बिग बोस सिजन १९’


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १९ औं सिजन चाँडै प्रशारणमा आउने भएको छ ।

टेलिभिजन शो र निर्माण पक्षबीच सहमति हुन नसक्दा यो शोको प्रशारण अन्योलमा परेको थियो ।

सोहीकारण केही समयअघि ‘बिग बोस’को कार्यक्रम नै रद्द भएको समाचार बाहिरिएको थियो ।

अब भने यो कार्यक्रम सुचारु हुने छनक देखिएको छ । भारतीय मिडिया बलिउड लाइफका अनुसार यस शोका निर्माण कम्पनी कलाकार र टेलिभिजन च्यानलसँग सम्पर्कमा जुटिसकेको छ ।

अगस्टमा कार्यक्रम प्रशारण गर्ने हिसाबले निर्माता कम्पनीले काम अगाडि बढाएको उक्त मिडियाले उल्लेख गरेको छ । अगस्ट ३ मा यो शो प्रशारणमा आउने निश्चित जस्तै छ ।

विगतमा जस्तो यो सिजनमा सामाजिक सञ्जालमा भाइरल र सोसल मिडिया इन्फ्लुएन्सरलाई सहभागी नगराउने निर्णय भएको निर्माण पक्षले बताएको छ ।

यो पटक कलाकार र सेलिब्रिटीहरु मात्र प्रतिस्पर्धी हुनेछन् । शोको होस्टमा बलिउड नायक सलमान खान नै दोहोरिने निर्माण पक्षले बताएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ५ : ३९ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित